Logo
११ पुस २०८१, बिहीबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी युद्ध र दास दुवै चाहन्नौ : नेत्रविक्रम चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपाले देशमा फेरि युद्ध नचाहेको स्पष्ट पारेका छन् । अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा खुल्लामञ्चमा भएको सभालाई सम्बोधन गर्दै विप्लवले भने ‘ न त हामी युद्ध चाहान्छौँ न दास ।

देशको भविष्य सबैले चिन्ता गर्ने ठाउँमा पुगेको भन्दै उनले नेपालको भूमी नदीनाला, खानी, मजदुर, किसान, महिला, युवा कोही पनि सुरक्षित नभएको तर्क गरे ।

उनले भने –’तर अहिले देशभक्त युवाहरुलाई दास बनाइँदैछ । विदेशीको दास हुनुभन्दा बलिदान र मुक्तिको बाटोमा अगाडि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

जुन देशको राज्य आफैंमा स्वाधिन छैन त्यो देशलाई सेनाले पनि रक्षा गर्न सक्दैन भने । नेपाली युवाहरु गुलाम हुन लायक नभएको भन्दै विप्लवले नेपालका होनाहार युवाहरुलाई गुलाम बनाएर ९२ देशमा बेचेको आरोप लगाए ।

प्रकाशित मिति: Oct 25, 2017

प्रतिक्रिया दिनुहोस्