Logo
११ पुस २०८१, बिहीबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतान्त्रिक फोरमका थापा समूहको साथ उपेन्द्रको पार्टीलाई

बिजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपाली कांङ्ग्रेसमा गाभिएपनि असन्तुष्ट रहेका उक्त पार्टीको एउटा समुह संघिय समाजवादी पार्टीमा मिसिएको छ ।

सहअध्यक्ष शिवलाल थापा समूह संघीय समाजवादी फोरमको चुनाव चिह्न ‘मसाल’ लिएर निर्वाचनमा सहभागी हुने भएको हो ।

संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका सहअध्यक्ष थापाबीच आगामी निर्वाचनमा सहकार्य गर्दै मसाल चिह्नबाट चुनाव लड्ने बुधबार सहमति भएको छ ।

लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले नेपाली काङ्ग्रेससंग एकिकरण गरेका थिए  तर थापा समूह एकतामा गएको थिएन ।

थापा समूहमा तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक), दलित जनजाति पार्टी, नेपाल नागरिक पार्टीलगायतका नेताहरु छन् । ती दलका नेताहरु गत चैतमा लोकतान्त्रिक फोरममा सहभागी भएका थिए ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदैछ । पहिलो चरणको निर्वाचनका लागि आइतबार नै उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ भने दोस्रो चरणको यही कात्तिक १६ गते हुने निर्वाचन आयोगको कार्यतालिका छ ।

सहमति पत्र :

प्रकाशित मिति: Oct 25, 2017

प्रतिक्रिया दिनुहोस्