Logo
३ कार्तिक २०८१, शनिबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफना मन्त्रीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको तयारी

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुनिश्चिता नभएसम्म सरकार नछोड्ने निर्णय गरेको माओवादी केन्द्रले जिम्मेवारीबाट हटाइएका आफ्ना विनाविभागीय मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले शीर्ष नेता र केही मन्त्रीहरु मनोनयन दर्ताका लागि जिल्ला पुगेकाले फर्किएपछि सरकारबाट बाहिरिएको औपचारिक निर्णय गरिने बताइन् । उनले आफूहरुले निर्वाचनको सुनिश्चितता नभएको भन्दै सरकारमै रहने निर्णय यसअघि गरेपनि अब निर्वाचन हुने पक्का भइसकेकाले सरकारबाट बाहिरिन लागेको स्पष्ट पारिन् ।

भुसालले सबै शीर्ष नेता र मन्त्री काठमाडौं आइपुगेपछि सम्भव भएसम्म सोमबारै नभए मंगलबारसम्म सरकारबाट मन्त्री फिर्ता बोलाइने बताइन् । ‘सरकारबाट मन्त्री फिर्ता बोलाउने निष्कर्षमा हामी पहिले नै पुगेका हौं। तर, निर्वाचन सार्न लागेको भन्ने गोप्य सूचना आएपछि सरकार छोडेका होइनौं । अब सरकारमा बस्न हामीलाई एक मिनेट पनि मन छैन । बैठक आजै बसे आजै नत्र भोलिसम्म सरकार छोड्छौं,’उनले भनिन् ।

प्रकाशित मिति: Oct 23, 2017

प्रतिक्रिया दिनुहोस्