Logo
३ कार्तिक २०८१, शनिबार
(October 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनर्निर्माण प्राधिकरणको सीईओमा युवाज भूसाल नियुक्त

सरकारले पूर्वसचिव युवाज भूसाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले प्राधिकरण प्रमुख गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भूसाललाई सीईओ नियुक्त गरेको हो । प्युठानबाट चुनाव लड्ने तयारीमा रहेका पोखरेलले आइतबार पदबाट राजीनामा दिएका थिए ।

नवनियुक्त सीईओ कांग्रेस नेता रामचन्द्र पौडेलका सम्धी हुन् । पौडेलले भूसाललाई गर्भनर बनाउन हदैसम्मको बल गरेका थिए ।

प्राधिकरण प्रमुख रहेकै अवस्थामा राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै निर्वाचन आयोगले जिल्ला छाड्न यसअघि नै निर्देशन दिएको थियो ।

गत पुसमा तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको सरकारले केपी ओली सरकारले नियुक्त गरेका सुशील ज्ञवालीलाई हटाउँदै कांग्रेस निकट पोखरेललाई प्रमुख नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Oct 23, 2017

प्रतिक्रिया दिनुहोस्