Logo
८ मंसिर २०८१, शनिबार
(August 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रिय र प्रादेशिक संसदको चुनाव दुई चरणमा हुने

काठमाडौं : मंसिर १० गतेको लागि तोकिएको केन्द्रिय र प्रादेशिक संसदको निर्वाचन दुई चरणमा हुने भएको छ । प्रमुख निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले दुई चरणमा गर्नुपर्ने ब्यध्यता रहेको बताएका छन ।

‘मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन अर्को चरणमा पनि हुन सक्ने सम्भावना छ’ उनले भने,‘संविधानसभाको निर्वाचनको बेलामा पनि मंसिर ४ गते हिमाली भेगमा हिऊ परेको थियो । अहिले पनि त्यो सम्भावना छ, प्राकृतिक चुनौति आईपरे हामी दोस्रो चरणमा जानै पर्छ ।’

मंगलबार काठमाडौमा आयोजित एक साक्षत्कार कार्यक्रममा उनले भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई मध्यनजर गरेर मंसिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको तयारी हामिले गरिरहेका छौं । यादवले भने,‘ अहिलेसम्म निर्वाचन कानून आईसकेको छैन, निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आईसकेको छैन । हामीलाई निर्वाचनको तयारीको लागि पनि प्रयाप्त समय दिईएको छैन । नियन्त्रण बाहिरको पस्थिति आए निर्वाचन अर्को चरणमा पनि हुन सक्छ ।’

यादवले अहिलेको चुनावमा मतपत्रको ब्यवस्थापन सबैभन्दा ठूलो चुनौति भएको भन्दै आयोगले दुई वटा मतपत्रमार्फत निर्वाचन गराउने तयारीमा आफूहरु रहेको स्पष्ट पारे । यद्यपि उनले राजनीतिक बृत्तबाट बाहिर आए जस्तो चार वटा मतपत्रबाट चुनाव गराउने गरी कानून निर्माण गरे तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने दावी गरे ।

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्