Logo
८ मंसिर २०८१, शनिबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघको नयाँ नेतृत्वमा गोविन्द आचार्यको समुह विजयी (मतपरिणामसहित)

काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । उनी निकटतम प्रतिद्धन्द्धी तीर्थ कोइरालालाई हराउँदै अध्यक्षमा प्यानलसहित विजयी भएका हुन् ।

नतिजाअनुसार उपाध्यक्ष, महासचिव, सचिव सहितका पदमा आचार्य प्यानल विजयी भएको छ । उपाध्यक्षमा विपुल पोखरेल ७९६ मतका साथ विजयी भएका छन् भने महासचिवमा रमेश विष्ट ७५१ मतका साथ विजयी बनेका छन् ।

प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानलबाट चुनाव लडेका आचार्यले ७३२ मत प्राप्त गर्दा प्रेस चौतारीसहितका संयुक्त प्यानलबाट चुनाव लडेका कोइरालाले ६२७ मत प्राप्त गरे ।

सोमबार भएको मतदानमा एक हजार ५०८ मतदातामध्ये कूल एक हजार ४४९ मत खसेको थियो | मतगणनाको आज विहान अतिम नतिजा आएको हो ।

प्रकाशित मिति: Aug 22, 2017

प्रतिक्रिया दिनुहोस्