१० गतेपछि मुलुक पुर्णरुपमा संघीय गणतान्त्रिक
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहको निर्वाचन सम्पन्न भएपछि नेपाल पुर्ण रुपमा संघीय गणतान्त्रिक मुलुक हुने बताएका छन् ।
त्रिचन्द्र क्याम्पसको सतबार्षिकि कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान अनुसार सबै तहको निर्वाचन सम्पन्न गरेपछि मुलुक नया संघीय संरचनामा विधिबत प्रवेश गर्ने बताएका हुन् ।
प्रदेश नम्बर २ मा असोज २ गते स्थानीयतहको तेश्रो चरणको निर्वाचन सम्पन्न भएपछि प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन गरिने भन्दै उनले त्यसपछि सबै वर्ग र तहको सम्पुर्ण अधिकार प्राप्त हुने उल्लेख गरे ।
सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन मंसिर १० गते गर्ने निर्णय गरिसकेको छ ।