Logo
३ कार्तिक २०८१, शनिबार
(August 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमोद खरेलसहितका कलाकारले भद्रपुरका बाढीपीडितलाई राहत बाँडे

झापा :  झापा घर भएका कलाकारहरुले दक्षिणी झापाका बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराएका छन् । भद्रपुर नगरपालिकाको संयोजनमा शनिबार राहत वितरण गरियो ।  राहत सामग्रीमा ३० केजी चामल, २ केजी दाल, १ थान झुल, १ केजी नून, १ लिटर खानेतेल, एक थान त्रिपाल वितरण गरिएको भद्रपुर वडा नम्बर ३ की वडा अध्यक्ष कमला थुलुङले जानकारी दिइन् ।

झापा बनियानी निवासी लोकप्रिय गायक प्रमोद खरेलको नेतृत्वमा चर्चित हेयर डिजाइनर निल डेविड कटुवाल र संगीतकार गौरव दर्पणको सक्रियतामा गठित बाढी पीडित सहयोग अभियानले विभिन्न दाताहरुको सहयोगमा भद्रपुरको हिमालीका ३१ र कचनकवलका १३ बाढीप्रभावित अति विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो ।

हिमालीमा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको उपस्थितिमा राहत वितरण गरिएको थियो । कचनकवलका बाढीपीडितको राहत प्रतिनिधि धनबहादुर गुरुङले बुझेका थिए । राहत सामग्री जुटाउन विभिन्न संघ–संस्था र विदेशीमा रहेका नेपालीहरुले सहयोग पु¥याएको कलाकार प्रमोद खरेलले बताए ।

बाढीमा परी मृत्यु भएका कचनकवल गाउँपालिकाका पवनलाल राजवंशीकी आमा अकाली राजवंशीलाई राहतस्वरुप नगद १० हजार पनि हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: Aug 20, 2017

प्रतिक्रिया दिनुहोस्