Logo
११ पुस २०८१, बिहीबार
(August 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुरामको साथ छोड्दै रामचन्द्र झाहरु माओवादीमै फर्किए

काठमाडौं ।  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी परित्याग गरी रामचन्द्र झा नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । उनीसँगै रामकुमार शर्मा, कलामुद्धिन रायन, ब्रिज किशोर यादवलगायत पनि माओवादी मै फर्किए ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । झा यसअघि एमालेबाट माओवादीमा प्रवेश गर्दै बाबुराम भट्टराइको नयाँ शक्तिमा लागेका थिए ।

 

प्रचण्डले भने–बाबुरामसँग ज्ञान छ, बुद्धि छैन

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग ज्ञान भएपनि बुद्धि नभएको टिप्पणी गरेका छन् ।  आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘बाबुरामजीलाई सबै कुराहरु बनाउने ज्ञान छ । तर कहाँ प्रयोग गर्ने भन्ने थाहा छैन । बन्दु, खुकुरी सबै बनाउने ज्ञान छ तर कहाँ प्रयोग गर्ने भन्ने थाहा छैन ।’

उनले रामचन्द्र झा पनि बाबुराम जस्तै भएका हुन् कि भन्ने आफूलाई लागेको भएपनि फर्किएर आउँदा खुसी लागेको बताए । उनले ठट्यौली शैलीमा भने, ‘ अर्का बिद्धान (झा) पनि उही बिद्धानको पछि लाखेर हैरान पारेका थिए तर ज्ञान रहेछ । फर्केर आए ।’

उनले बाबुराम, किरण र विप्लव सबै माओवादी फर्किनुको विकल्प नरहेको भन्दै आफैं सकिएर जाने चेतावनी दिए ।  उनले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा राजपा सहभागि हुने समेत दाबी गरे ।

प्रकाशित मिति: Aug 20, 2017

प्रतिक्रिया दिनुहोस्