मधेसी र पहाडी अतिवाद नरोके मुलुक फाँसिवादतर्फ जानेछ : प्रचण्ड
काठमाडौँ : सत्तासिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकबाट दुई किसिमका अतिवादी राष्ट्रबाद नरोके मुलुक फाँसिवादतर्फ जाने भन्दै त्यसका लागि सबै सर्तक रहुनपर्ने बताएका छन् । हात्तारको राष्ट्रवादले फाँसीवाद तर्फ लाने बताएका छन । प्रत्येक नागरिकमा राष्ट्रवाद हुन एकदमै राम्रो हो उनले भने तर उग्र राष्ट्रवादले ल्याउने परिणमलाई पनि हामिले ख्याल गर्नुपर्दछ ।
वाइसिएल नेपालको ‘एकताको दास्रो सम्मेलन’ उद्घाटन गर्दै प्रचण्डले उपलब्धीहरुलाई कुनै क्वाटरमा बसेर सामन्तीहरुले निस्तेज पार्ने कसरत गरिरहेको दाबी गरे । उनले त्यस्तो कसरत सफल नुहने पनि जिकिर गरे । परिवर्तन टुंगोमा पुगिनसकेको भन्दै उनले नेपालको संविधानले समाजवादउन्नमुख भएकाले त्यसको लक्ष्य प्राप्तिका लागि युवा वर्ग नै जागरुक हुनुपर्ने धारणा राखे । अध्यक्ष प्रचण्डले अधिकारको लडाई नेपालका अझै नसकिएकाले युवाहरुले व्रिगेडको रुपमा काम गर्न आग्रह गरेका छन् ।
‘ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मधेसी अतिवादी राष्ट्रवाद र पहाडिया अतिवादी राष्ट्रवादलाई परास्त गर्नुपर्ने बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दुवै किसिमका राष्ट्रवाद मुलुकका लागि खतरनाक भएको भन्दै तयसलाई रोक्न जरुरी भएको धारणा राखे । ‘यो देशमा दुईवटा अतिवादी राष्ट्रवाद छन् र पहाडीया अतिवाद राष्ट्रवाद र मधेसी अतिवादी राष्ट्रवाद यी दुवै रोकेर सबैको एकतासहितको राष्ट्रवाद कायम गर्न जरुरी छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अरुलाई अपमान गर्ने नभई सबैको सम्मानसहितको राष्ट्रवादले मात्रै मुलुक र जनताको हित गर्छ ।’ तथाकथित अतिवादी राष्ट्रवादले जनतालाई विभाजन गरेर अन्तत्वगत्वा फाँसिवादमा पुगिने उनको भनाइ छ ।
नेपालमा अधिकारको लडाई सकिएको छनै । उपलब्धीको रक्षा गर्न प्रतिक्रियावादीहरुका विरुद्धमा युवाहरु व्रिगेडको रुपमा रहनुपर्छ ।’ नेपालमा अध्यक्ष प्रचण्डले भने,‘ नेपालमा २००७ साल यताका परिवर्तनहरु पटकपटक उल्ट्याने काम भयो । पछिल्लो परिवर्तन पनि उल्ट्याने खतरा भइरहेको छ । युवाहरुले षड्यन्त्र कहाँकहाँबाट भइरहेको छ । चिन्न जरुरी छ ।
परिवर्तन उल्ट्उन दिने छुट अब युवाहरुलाई छैन ।’ उनले नेपालको विकासका लागि उत्पादन विग्रेडमा जुटेर काम गर्न पनि आग्रह गरे । माओवादी जनयुद्धका बेला वाइसिएलले विभिन्न ओडार र गुफाहरुमा बसेर अनेकन दुःख कष्ट सहेर परिवर्तको लागि लडेको भन्दै अध्यक्ष प्रचण्डले भने,‘माओवादी आन्दोलन कमजोर भए परिवर्तन उल्टिन सक्छ । त्यसको विरुद्धमा एकजुट हुँदै उत्पादमा जोडिनुपर्छ ।’
उनले मेसिनगन चलाउने व्रिगेटड नभई आर्थिक समृद्धिको विकास गर्नै फौजको रुपमा युवाहरु लाग्नुपर्ने बताए । २१औँ शताब्दीको नयाँ क्रान्तिको नेतृत्व अव वाइसिएलले गर्नुपर्ने पनि जिकिर गरे । उनले युवाहरु झाक्रिएर वा टोलाएर बस्न नुहने बताए । उनले माओवादीबाट विभाजित भएर गएका मोहन वैद्य, डा। बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीबाट थुप्रै नेता तथा कार्यकर्ता एकजुट हुन सुरु भएको दाबी गरेका छन् ।
पार्टी फुटाउदा कसैलाई फाइदा नभएको भन्दै उनले भने,‘पार्टी फुटाउदा राम्रो हुने भए बैद्यजीको पार्टी सबैभन्दा ठूलो हुनुपथ्र्यो तर त्यस्तो देखिएन । के के न गर्छु भनेर विप्लवजीले पार्टी फूटाएर निर्वाचनमा सामेल नै हुभयो तर जनताले पत्याएनन् ।’
उनले भने,‘बाबुरामजीले केजरीवाल नै बन्छु झै गरेर पार्टी फूटाउनु भयो । जनताले तिमी माओवादी नै हौँ भनेर पत्याएनन् । हामीलाई पनि जनताले खासै पत्याएनन् । सबैलाई एकजुट गराउ भनेर जनताले सन्देश दिएका छन् । अहिले हामी माओवादी घटक मिलाउन प्रयत्न गरिरहेका छौँ ।’ उनले क्रान्तिकारी कम्युनिष्टहरु एक भएर मात्रै समाजवादको लक्ष्य प्राप्त गर्न सकिने दावी गरे ।