Logo
११ पुस २०८१, बिहीबार
(August 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अज्ञात रोगले पुर्वमा चार बालबालिकाको मृत्यु

सुनसरी : अज्ञात रोगले पुर्वमा चार बालबालिकाको मृत्यु भएको छ । तर यो कस्तोखालको रोग हो त्यसको भने चिक्त्सिकहरुले समेत निक्र्यौल गर्न सकेको छैन ।  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अज्ञात रोगबाट ४ जना बालबालिकाको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुने बालबालिका सबै ६ देखि १४ वर्षका छन् । प्रतिष्ठानको सूचना विभागले दिएको जानकारीअनुसार साउन १५, २४, ३१ र भदौ १ गते ती बच्चाहरु प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका बेला प्रारम्भिक उपचार गर्दागर्दै मृत्यु भएका थिए ।

मृतकहरु इटहरी उपमहानगरपालिका–१० बस्ने राजु कार्की, सप्तरीको कन्चनपुर–१० बस्ने प्रितीकुमारी चौधरी, उदयपुरको ठोकशिला–९ बस्ने धरान–१७ बस्ने प्रशान्त राई रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले बताए ।

सुरुमा उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले बताए । उनका अनुसार अस्पतालमा ल्याउदा ज्वरो आएर आएको हुन्छ ।

बालरोगसम्बन्धी चिकित्सकहरुले डाइग्नोसिस गर्न नपाउँदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक/दुई घण्टामै मृत्यु हुने गरेकाले प्रतिष्ठानले काठमाडौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको छ । तस्विर : गुगल

प्रकाशित मिति: Aug 18, 2017

प्रतिक्रिया दिनुहोस्