Logo
३ कार्तिक २०८१, शनिबार
(August 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पेन घटना : क्याम्ब्रिल्समा ‘पाँच संदिग्ध मारिए’

स्पेनमा भएको एउटा विशाल प्रहरी कारवाहीमा गोलीप्रहार भएको र पाँचजना संदिग्ध आतंककारीहरु मारिएको अधिकारीहरुले बताएका छन् । संदिग्ध आतंककारीहरुले आत्मघाती जस्तो देखिने पेटि बाँधेको अधिकारीहरुले बताएका छन् ।

क्याटलोनियाको क्षेत्रीय सरकारले आक्रमणकारीहरुले पैदलयात्रुमाथि कार जोताउन खोजेपछि क्याम्ब्रिल्समा प्रहरीले गोली प्रहार गरेको बताएको छ ।  यो घटनालाई त्यसअघि बार्सिलोनाको प्रख्यात पर्यटकीय स्थलमा भ्यान जोताइएको घटनासँग जोडेर हेरिएको छ ।

बार्सिलोना आक्रमणमा तेह्र जना मारिएको र एक सय भन्दा बढी घाइते भएका थिए । स्पेनको प्रहरीले क्याम्ब्रिल्समा उनीहरुकै शब्दमा बार्सिलोनापछिको दोश्रो आक्रमण रोक्न चारजना मारेको जनाएको छ। प्रहरीले मानिसहरुलाई सडकमा नआउन चेतावनी दिएको छ। बार्सिलोनाको मिडियाले बन्दरगाहतिरबाट गोलीको आवाज आएको जनाएको छ। त्यसअघि बार्सिलोनाको लस र्याम्ब्लस क्षेत्रमा बिहीबार दिउसो भएको आक्रमणमा कम्तीमा तेह्र जना मारिएका र दर्जनौं घाइते भएका थिए।

मानिसहरुको भीडमा तीब्र गतिमा भ्यान बाङ्गोटिङ्गो गरेर जोताइएको थियो।  लस र्याम्ब्लसमा भाडाको भ्यान जोताइँदा पर्यटक र स्थानीयबासीहरु ज्यान जोगाउन भागेका थिए। स्पेनका प्रधानमन्त्री मारियानो राखोइले त्यसलाई ‘जिहादी आक्रमण’ भनेका छन्। दुईजना गिरफ्तार भएका छन् तर प्रहरीका अनुसार दुवैजना उक्त भ्यानका चालक होइनन् जो घटनापछि दौडेर भागेका थिए।

तथाकथित इश्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ। आक्रमण युरोपको एउटा प्रमुख पर्यटकीय गन्तब्यमा र पर्यटकीय मौसमका बेला भएको छ। गत वर्षको जुलाइ महिना यता युरोपमा भएका आक्रमणहरुमा सवारी साधनलाई भीडमा जोताइने गरिएको छ।

बार्सिलोनामा भएको आक्रमणको विश्व नेताहरुले भर्त्सना गरेका छन्। अमेरिकाले स्पेनलाई सहयोगको घोषणा गरेको छ।ब्रिटिश प्रधानमन्त्री टरिजा मेले ब्रिटेन आतंकवाद विरुद्ध स्पेनको साथमा रहेको बताएकी छन्। फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले भनेका छन्- आतंकवाद विरुद्ध हामी प्रतिबद्ध र एकबद्ध छौं। जर्मन चान्सलर एंगेला मर्कलले घिनलाग्दो आक्रमण भनेकी छन्।

स्पेनको प्रहरीले बार्सिलोनामा नियतबस मानिसहरुको भीडमा भ्यान कुदाएको ड्राइभरको खोजी गरिरहेको बताएको छ। उक्त घटनामा कम्तीमा तेह्र जना मारिएका छन् र एक सय भन्दा बढी घाइते भएका छन्। बार्सिलोनाको सबभन्दा प्रख्यात पर्यटकीय क्षेत्र लस र्यामब्लासमा तीब्र गतिमा बाङ्गोटिङ्गो गाडी जोताइँदा बाटोमा मानिसहरु ढलेका थिए र ज्यान जोगाउन भागदौड मच्चिएको थियो।

स्पेनका प्रधानमन्त्री मारियानो राखोइले जिहादी आतंकवादलाई दोष जाने बताए। इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ। पछिल्लो तेह्र महिनामा आइएसले लण्डन, स्टकहोम सहितका युरोपेली शहरहरुलाई निशाना बनाउँदै आएको छ।  बिबिसिमा समाचार छ। 

प्रकाशित मिति: Aug 18, 2017

प्रतिक्रिया दिनुहोस्