Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहारमा बाढीका कारण ९१ जनाको मृत्यु, ९६ लाख मानिस प्रभावित

भारतको पूर्वी राज्य बिहारमा बाढीका कारण कम्तीमा ९१ जनाको मृत्यु भएको छ । पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछिको बाढी र पहिरोका कारण उनीहरूको मृत्यु भएको हो ।

पटना र आसपासका अन्य क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । बाढीले सर्वसाधारणको जनजीवन कष्टकर हुनुका साथै करोडौँ मूल्यबराबरको क्षति भएको छ ।

बाढीबाट करिब ९६ लाख मानिस प्रभावित भएका छन् । बिहारका १२ जिल्लामा बाढीले अत्यधिक प्रभाव पारेको छ । बाढीले बिहारको राजधानी नगर पटनामा ठूलो क्षति पुर्याएको छ ।

बाढी–पहिरोपछि हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापितलाई सरकारले विभिन्न शिविरमा राखेको छ । बाढीमा हराएका मानिसहरूको खोजीलाई तीव्र पारिएको छ ।

बिहारका मुख्यमन्त्री नितिशकुमारले उद्धार र राहत वितरणका लागि दुईवटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिए । बिहारमा मंगलबारसम्म वर्षा नरोकिएकाले उद्धार कार्य प्रभावित भएको छ । एजेन्सी

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्