Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ARFF सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरु

काठमाडौँ :  एयरपोर्ट रेस्क्यु एण्ड फायर फाइटिङ (एआरएफएफ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि काठमाडौँमा शुरु भएको छ। ‘एभिएसन ग्रोथ, च्यालेन्ज एण्ड एआरएफएफ डाएनामिक्स’ भन्ने मूलनाराका एआरएफएफ अमेरिका र नेपाल रेस्क्यु एण्ड फाइटर्स एशोसिएसनद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा सुरक्षित हवाई यातायात सेवाका विषयमा छलफल गरिने छ ।

हवाई यातायात सेवालाई सुरक्षित, नियमित, भरपर्दो, विश्वसनीय र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा नेपाललगायत अमेरिका, स्वीडेन, डेनमार्क, भारत, मलेसिया, साउदी अरेबिया, क्यानाडा र दक्षिण सुडानका विमान चालक, फायर फाइटर, इञ्जिनियर गरी करिब २५० जनाको सहभागिता रहेको छ। सम्मेलनमा हवाई सुरक्षासम्बन्धी विभिन्न प्रर्दशनी कक्ष पनि राखिएको छ ।

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले अग्नि नियन्त्रणमा देखिएका विविध अभावका बीच पनि त्यसबारे राम्रो तयारी गर्न सरकारको ध्यानाकर्षण गराए । उपराष्ट्रपति पुनले नेपालमा संविधान जारी भइसकेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताए । रासस

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्