Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सऱ्यो त्रिवि स्नातक तह प्रथम वर्षको परीक्षा

काठमाडौं ।  भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ ।

देशका विभिन्न भूभागमा गएको बाढी पहिरोका कारण ११ गते भन्दा अघिको परीक्षालाई केहीदिन सारिएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

तर, ११ गतेदेखिको परीक्षा भने पुरानै तालिकाअनुसार सञ्चालन गरिने उनले बताए । उनका अनुसार, भदौ ४ गते हुने परीक्षालाई १७ गते, ५ गतेकोलाई २४ गते, ६ गतेको परीक्षा २८ गते, ७ गतेको परीक्षा २९ गते र ९ गतेको परीक्षा ३० गतेका लागि तय गरिएको छ ।

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्