Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहत र क्षतिपूर्तिको माग गर्दै जोगबनी नाका जोगबनी नाका बन्द

विराटनगर : नेपाल–भारत सीमा क्षेत्र जोगबनी नजिकै बाढीमा परेर आफ्न्त गुमाएका भारतीय नागरिकले राहत र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गर्दा जोगबनी नाका केही बेर अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्तोष निरौला अनुसार बिहार सरकारले राहत नदिएको भन्दै टायर बालेर भारतीय नागरिकले भारतीय क्षेत्रको सडकमा प्रदर्शन गर्दा आधा घन्टा नाका अवरुद्ध भएको हो । ‘केहीबेर अवरुद्ध भएको नाका अहिले सामान्य अवस्थामा छ’, निरौलाले भने ।

जोगबनी नाकामा डुबेर मृत्यु भएका पीडितलाई बिहार सरकारले सहयोग नगरेको भन्दै तीन सय भन्दाबढी भारतीय नागरिकले जोगबनी नाकाको भारततर्फ प्रदर्शन गर्दा नाका अबरुद्ध भएको हो ।

 

 

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्