Logo
११ पुस २०८१, बिहीबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहत  शून्य : तर  रौतहटको आकाशमा दर्जन हेलिकोप्टर 

रौतहट : आइतबारदेखि रौतहटको आकाशमा दर्जनभन्दा बढी हेलिकोप्टर उडेका छन् । ती मध्ये एउटा हेलिकप्टरले मात्र राहात खसालेको छ । आठ बोरा चिउरा, पाँच बोरा दालमोठ र तीन कार्टुन पानीबाहेक रौतहटमा नेता तथा मन्त्रीले हेलिकोप्टरबाट राहत ल्याएका छैनन् ।

बाढीले जिल्लाका करिब ९५ प्रतिशत मान्छे प्रभावित भए पनि पीडितले अहिलेसम्म राहत पाउन सकेको छैनन् । नेता र मन्त्रीहरु हेलिकोप्टरमा निरीक्षण भ्रमणमा आए पनि तिनले सबै ठाउँमा राहात पुर्‍याउन सकेका छैनन् ।

गाउँमा अरबौँको क्षति भए पनि कुनै किसिमको राहत आउन नसकेको माधवनारायण गाउँपालिका, विशुनपुर्वा मानपुरका प्राविधिक सहायक राम विनोद मुखियाले बताए । आकाशमा दर्जनौँ हेलिकप्टर उडिरहेको पनि पीडित समक्ष राहत पुग्न नसकेको उनले सुनाए ।

सो राहात सामग्री समनपुर, गरुडा, गौर, गंगापिपरा, औरैया, मौलापुरमा खसालिएको थियो। गढीमाई गाउँपालिकामा हजारौँ जना बाढी प्रभावित छन्। त्यहाँ कसैको आँखा पुगेको छैन ।

राहत नपाएपछि बाढीपीडित स्थानीय असन्तुष्ट बनेको नेकपा एमालेका स्थानीय नेता शेख जबाहरले बताए। सो राहात सामग्री समनपुर, गरुडा, गौर, तरुनिहा देवाही, गंगापिपरा, औरैया, मौलापुरमा खसालिएको थियो ।

गढीमाई गाउँपालिकामा हजारौँ जना बाढी प्रभावित छन् । त्यहाँ कसैको आँखा पुगेको छैन। राहत नपाएपछि बाढीपीडित स्थानीय असन्तुष्ट बनेको नेकपा एमालेका स्थानीय नेता शेख जबाहरले बताए ।

बाढीले विनाशको इतिहास रचेको रौतहटमा ठूलो क्षति भएको छ। कम्तिमा साठी हजार घरपरिवार प्रभावित भएको प्रहरीको प्रारम्भिक तथ्यांक छ ।

जिल्लामा कम्तीमा चार लाख मानिस प्रभाभित भएको देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले बताए भन्दै नागरिकन्युजमा समाचार छ ।

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्