Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ विमानस्थलको अवस्था : अझै केही दिन विमान नचल्ने

बिराटनगर : लगातारका कारण आएको बाढीले जलमग्न बनेको बिराटनगर विमानस्थलको धावनमार्गमा पुरै हिलो जमेको छ भने हिलो पखाल्न कम्तिमा चार दिन लाग्न सक्ने अनुमान गरिएको छ । नागरिक उड्यन प्राधिकरण कार्यालय बिराटनगरका अनुसार चार दिनयता बिराटनगर विमानस्थलमा दैनिक उडानसमेत बन्द छ । विमानस्थल खुल्न अझै केही दिन लाग्न सक्ने छ ।

सुरक्षाकर्मीहरुले दमकलको सहाराले पखाल्न थालेका छन् । धावनमार्गको हिलो पन्छाउन सुरक्षाकर्मीले बेल्चा लगायतका सामाग्री प्रयोग गरी सफा गरिरहेका छन । मंगलबारदेखि हेलीकोप्टर अवतरण गराउने गरी काम थालिएको र केहीदिनभित्रै विमान सुचारु हुने नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले जानकारी दिए ।

\नागरिक उड्डयन प्राधिकरण बिराटनगरका प्रमुख सुरेशमान श्रेष्ठले विमानस्थल सञ्चालन गर्ने विषयमा अझै अन्योल रहेको बताए ।
उनले भने- ‘मंगलबारसम्म अफिसियल्ली बन्द गरिएको छ, एयरपोर्ट सामान्य अवस्थामा सञ्चालन गर्न अझै ७२ घण्टा लाग्न सक्छ ।’
हिलो पखाल्नका लागि १५० जना नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु खटिएका छन् ।

धावनमार्गमा आधा फिटसम्म हिलो जमेको छ । श्रेष्ठले मंगलबार हेलिकप्टर अवतरण गर्न मिल्ने गरी एयरपोर्ट तयार हुने बताए ।
धावनमार्गको हिलो पखालिसकेपछि त्यहाँको विद्युत एवं उडान तथा अवतरणको सुरक्षाबारे जानकारी दिन राखिएका विद्युतीय उपकरणहरुको चेकजाँच गरिनेछ ।

स्थानीय खोलाको भेल बिराटनगर ४ स्थित आयल निगम र बिराटनगर विमानस्थल क्षेत्रमा पसेको थियो । विमानस्थलसँगै रहेको नेपाल आयल निगमको डिपोको करिव २ मिटर काम्पाउण्ड वालसमेत भत्काएर बाढी विमानस्थलको धावन मार्ग र कार्यालय परिसरमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्