गृहमन्त्रीकै कमाण्डमा एयरपोर्टबाट राहत वितरण !
राहत वितरण प्रभावकारी बनाउन गृहमन्त्री जनार्दन शर्मा स्वयंले एयरपोर्टमा कमाण्ड गरिरहेका छन् । अविरल वर्षापछि आएको वाढी पहिरोबाट प्रभावित बनेकाहरुले राहत नपाएको गुनासो बढेपछि गृहमन्त्री शर्माले आफ्नै निगरानीमा प्रभावकारी राहत वितरणको थालनी गरेको हे ।
एयरपोर्टस्थित राहत सामग्री भण्डार गरिएको स्थानमा पुगेर त्यहाँबाट राहत पुग्न नसकेका स्थानमा गृहमन्त्रीकै संलग्नतामा धमाधम राहत सामग्री पठाउने काम भइरहेको छ ।
गृहमन्त्रीले एयरपोर्टमै गृहसचिव, सुरक्षा निकायका अधिकारीलगायतलाई बोलाएर आवश्यक निर्देशन पनि दिने काम गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्रालयमा पर्सा रौतहटलगायतका स्थानमा हालसम्म पनि राहत सामग्री पुग्न नसकेको भन्दै गृहमन्त्री समक्ष गुनासो आइपुगेपछि राहत सामग्री पीडितसम्म पुर्याउन आफैँले अग्रसरता देखाएका हुन् ।