Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

NRN द्धारा बाढिपीडितलार्इ तत्काल ६ कराेड सहयोग घाेषणा

काठमाण्डौ । बाढी पहिरोले तराई तथा पहाडी जिल्लामा गरेको धन जनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पिडीतलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आपतकालिन राहत कोषको स्थापना गरेको छ ।

साथै बैठकले गैरआवासीय नेपाली संघमा आवद्ध विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघको परोपकारी खातामा रकम जम्मा गरी विपतका बेला देशबासीलाई साथ दिन आह्वान गरेको छ ।

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को आइतबार बसेको आकस्मिक बैठकले आपतकालिन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । ‘यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं’ अध्यक्ष घलेले भने, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै बितरणमा खटिने छौं ।’

तत्कालका लागि करिव ६ करोड रुपैयाँ जम्मा गरी बाढिपिडीत जनतालाई लत्ताकपडा र खाद्यन्नलगायतका अत्यावश्यक राहत सामाग्री बितरण गर्ने गैरआवासीय नेपाली संघले निर्णय गरेको घलेले जानकारी दिए ।

 

 

प्रकाशित मिति: Aug 13, 2017

प्रतिक्रिया दिनुहोस्