देशभर बर्षाबीच अब मनसुन नेपालको पश्चिमी भेगमा सक्रिय हुने
जल तथा मौसम विज्ञान विभागले आइतबार बिहानसम्म मनसुन नेपालको पुर्वी भागमा बढी सक्रिय भएपनि दिउँसोबाट पश्चिमी भेगमा सक्रिय हुने बताएको छ ।
उस्ले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । बर्षा भने देशभर नै हुनेछ । विभागका अनुसार न्यून चापिय रेखा हिमालयको काखमा रहेको समयमा मौसम सक्रिय हुने गर्छ । ।
विभागका अनुसार पश्चिमका चितवन, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, हुदै कञ्चनपुरतिर मनसुन केन्द्रित भएकाले सोमबारसम्म ती स्थानमा भारी बर्षा हुनेछ ।
यता, भारी वर्षाका कारण पश्चिमको बबईका ५ वटा नदीहरुमा पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले ती नदीहरुमा चेतावनीस्वरुप साइरन बजाएको छ ।
सामान्यतया नेपालमा मनसुन १० जुनबाट पुर्वी नेपालबाट सुरु भई देशभर फैलने गर्छ । मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन पूर्वबाट पश्चिमतर्फ सक्रिय हुदैछ । आईतबारदेखि सोमबार बिहानसम्म चितवन जिल्लाबाट पश्चिमतर्फ भारी बर्षा हुने मौसमविद कँडेलले जानकारी दिइन् ।
उनका अनुसार आइतबार सबैभन्दा बढी पानी सिमारामा परेको छ । आइतबार विहान ८ बजेको विभागको रेकर्ड अनुसार सवैभन्दा बढी सिमरामा एकसय ९२ मिलिमिटर पानी परेको छ भने सवैभन्दा कम डडेलधुरामा ०.० मिलिलिटर पानी परेको छ । सामान्यतया एकसय मिलिमिटर भन्दा बढि पानी पर्दा भारी बर्षा भनिन्छ ।