Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेशका प्राय सबै जिल्लामा बाढी : जनजीवन प्रभावित (फोटो फिचर )

भारी वर्षाका कारण देशभरका प्रायः सबै तराई मधेशका जिल्लाहरु जलमग्न भएका छन । प्रायस् सबै नदि/खोलाहरुमा पानीको उच्च बहाब रहेको छ । मौसम बदली भई आज शनिबार देशैभर वर्षा हुने भएकाले सतर्क रहन सरकारले सबैलाई आग्रह गरेको छ ।

पूर्वमा झापादेखि पश्चिममा चुरे क्षेत्रसम्म बाढीको जोखिम रहेको भन्दै सतर्क रहन सरकारले अनुरोध गरिएको हो । भारी वर्षा हुने भएकाले पूर्वका कन्काई, कोशी, कमला, बिरिङ, त्रियुगा, बाग्मती, खाडो, रातु, लालबकैया र पूर्वी राप्तीमा बाढीका कारण पानीको सतह बढेकाले जोखिम बढेको छ ।

सप्तकोशी नदीको पानीको बहाव यस वर्षकै उच्च भएको छ । जल तथा मौैसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ । यसैगरी पश्चिमममा महाभारत र चुरे क्षेत्रबाट बहने नदी तथा खोलाहरुमा शनिबार बेलुकासम्म बहाव उच्च हुने हुुँदा सतर्क रहन बाढी पूर्वानुमान शाखाले आह्वान गरेको छ । पश्चिम राप्ती, बबई, बाणगंगालगायत नदीमा जल सतह बढ्दो क्रममा छ ।

हेर्नुस् फोटोहरु : 

प्रकाशित मिति: Aug 12, 2017

प्रतिक्रिया दिनुहोस्