Logo
११ पुस २०८१, बिहीबार
(August 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले उत्तर कोरियामाथि हमला गरे चीन चुप बस्दैन

बीबीसी : उत्तर कोरिया र अमेरिकाबिचको तनावको अब चीनले पनि गम्भीरताका साथ लिएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले यदि अमेरिकाले उत्तर कोरियाविरुद्ध हमला गर्छ भने चीन तटस्थ बस्नुपर्ने बताएको छ । तर पत्रिकाले यो पनि भनेको छ कि यदि अमेरिका र दक्षिण कोरिया सत्ता परिवर्तनको उद्देश्यसहित उत्तर कोरियामाथि हमला गर्छ भने चीन चुप बस्नु हुँदैन ।

उक्त सरकारी पत्रिकाका अनुसार उक्त हमलालाई रोक्नका लागि हस्तक्षेप गर्नुपर्छ । ग्लोबल टाइम्स चीनको सत्ताधारी कम्युनिष्ट पार्टीको सोचलाई प्रतिबिम्बित गर्ने बताइन्छ । ग्लोबल टाइम्सका अनुसार चीनको हित प्रभावित भए उसले उत्तर कोरियामा यथास्थितीमा परिवर्तनको स्विकार गर्नेछैन । दोस्रोतर्फ चीनले उत्तर कोरियाको परमाणु कार्यक्रम विरुद्ध कुनै ठोस् कदम नउठाइरहेको भनी अमेरिकाले आलोचना गर्ने गर्दछ ।

यसै बिच अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाको परमाणु संकटलाई कूटनीतिक संवादमार्फत सुल्झाउने कोसिस भइरहेको बताएका छन् । उनले युद्ध निकै विनाशकारी हुने पनि बताएका छन् । क्यालिफोर्नियामा बोल्दै जेम्स म्याटिसले आवश्यक परे सैन्य विकल्प पनि तयार भएको बताए ।

अमेरिकी रक्षामन्त्रीको बयान राष्ट्रपति ट्रम्पको बयानको ठिक विपरित छ । योभन्दा अघि ट्रम्पले उत्तर कोरिया डराउनुपर्ने आवश्यक भएको भनी पत्रकारलाई बताएका थिए । यदि उत्तर कोरियाले अमेरिकाविरुद्ध केही गर्यो भने ठूलो मूल्य चुकाउनुपर्ने ट्रम्पले बताएका थिए । दोस्रोतर्फ उत्तर कोरियाले बिहिबार प्रशान्त महासागरमा अमेरिकी द्वीप गुआममाथि हमलाको पूरा योजनाको सार्वजनिक गरेका थिए ।

ग्लोबल टाइम्सले अमेरिका र उत्तर कोरियाबिच खिँचातानीमाथि थप लेखेका छन्, ‘यतिबेला उत्तर कोरिया र अमेरिकाबिच जस्तो माहोल छ त्यसमा चीन कसैलाई पनि सम्झाउने स्थितीमा छैनन् । चीनले यो स्पष्ट गर्नुपर्छ कि यदि कुनै पनि कारवाहीले चीनको हित खतरामा पर्यो भने यसले बलियो रुपमा जवाफ दिनेछ । ’

ग्लोबल टाइम्स भन्छ, ‘चीन कोरियाली प्रायद्वीपमा युद्ध र दुबै तर्फबाट परमाणु प्रसारको विरोध गर्दछ । चीन कुनै पनि पक्षबाट सैन्य युद्धको पक्षमा छैन । जसले उत्तर कोरियामा सत्ता परिवर्तन गरेर चीनियाँ हितलाई प्रभावित गर्न चाहन्छ उनीहरुले कडा जवाफ पाउनेछन् । आशा छ कि चीन र उत्तर कोरिया दुबैले संयमता देखाउनेछन् । कोरियाली प्रायद्वीपमा सबै पक्षको अमेरिकी हित जोडिएको छ र कसैले पनि प्रभुत्व जमाउने कोसिस गर्नु हुँदैन ।’

प्रकाशित मिति: Aug 11, 2017

प्रतिक्रिया दिनुहोस्