Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वराजको रोचक-कुटनीति : पहिलो पटक चढिन् नेपाली सरकारी गाडी

बिमस्टेक बैठकमा भाग लिन नेपाल आएका सबै सदस्य राष्ट्रका कुटनीतिकहरुले आ-आफनै दुतावासले उपलब्ध गराएको गाडी चढेपनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भने नेपाल सरकारले उपलब्ध गराएकै गाडी (सरकारी नम्बर प्लेटको गाडी ) चढेकीछन् ।
त्रिभुवन विमानस्थालस्थित विशिष्ट आगमनद्धारबाट बाहिरिँदा त्यहाँ तयारी अवस्थामा राखिएको दुतावासको गाडीमा नबसी नेपाल सरकारले तयारी अवस्थामा राखेको गाडीमा बसेकी थिइन् ।

अन्य कुटनीतिकहरुले आफनै दुतावासको गाडी चढेका कारण भारतीय दुतावासले पनि आफ्नै गाडीलाई विदेशमन्त्रीका लागि अगाडी तयार गरिराखेको थियो तर स्वराजले इसारा दिएपछि फटाफट उक्त गाडी साइड गराई नेपाली सरकारी गाडीलाई अगाडी ल्याइएको थियो ।

गाडीमा बस्नै लाग्दा स्वाराजले हात हल्लाउँदै अभिवादन गरेकी थिइन् भने सोही गाडीमा राजदुत मन्जिवसिंह पुरी समेत बसेका थिए ।

त्रिभुवन विमानस्थलस्थित रहेका नेपाल प्रहरीका उच्च सुरक्षाकर्मीहरुले भारतीय विदेशमन्त्रीहरु मध्ये नेपालको सरकारी नम्बर प्लेट भएको गाडीमा बसेको यो पहिलोपल्ट भएको दाबी गरे । ‘कुटनीतिक रुपमा यो एउटा महत्वपुर्ण सन्देश पनि हो’ एक जना डिआजी स्तरका नेपाल प्रहरीका अधिकृतले भने ‘यसलाई हामी नेपालीले साकारात्मक रुपमा लिनु पर्छ’ ।

प्रकाशित मिति: Aug 10, 2017

प्रतिक्रिया दिनुहोस्