Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीको जवाफ : रौतहट घटनाको छानबिन हुँदैछ

काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरुडा नगरपालिका-४ स्थित भित्री सडकको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएको घट्ना छानविनका लागि गृह मन्त्रालयले समिति गठन गरेको जनाएका छन् ।

बुधबार व्यवस्थापिका संसदको बैठकमा जावाफ दिँदै गृहमन्त्री शर्माले रौतहटको घट्ना छानविन गर्न गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख दिपक काफ्लेको नेतृत्वमा ३ सदस्यीय समिती गठन गरिएको जानकारी गराएका हुन् ।

समितिको सदस्यहरुमा पुर्वाञ्चल क्षेत्रीय सड्क निर्देशनालायका निर्देशक मुक्तिराम गौतम र प्रहरी नायव महानिरीक्षक पुष्पचन्द्र रन्जित छन् । ‘प्रधानमन्त्रीको निर्देशन अनुसार घट्नाको विस्तृत अध्ययन तथा छानविनका गरी दोषि पहिचान गर्न समिती गठन गरिएको छ,’ गृहमन्त्री शर्माले भने, ‘दोषी पहिचान गरी आवश्यक कारवाहीको सिफारिस गर्नका लागि समितीलाई १५ दिनको समय दिइएको छ ।’

छानबिन समितिका सदस्यहरु मंगलबार नै घट्नास्थलमा पुगिसकेको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘गरुडा–४ स्थित पानी ट्यांकी जाने भित्री सड्क छेउमा बाटो निर्माणका क्रममा ठेकेदारले खनेको खाल्डोमा भरिएको पानीमा डुबेर ४ बालिकाको मृत्यु भयो, यो दु:खद घट्ना हो ।’

सड्क छेउको खाल्डोमा डुबेर गरुडा नगरपालिका–४ बस्ने राम इकबाल शाहकी ९ वर्षीया छोरी सुनीता कुमारी शाह र १२ वर्षकी संगिता कुमारी शाह सोही ठाउँ बस्ने जोगिन्द्र शाहको ९ वर्षिया छोरी सुनौना कुमारी शाह र प्रेम नारायण शाहकी ९ वर्षीया छोरी सुस्मिता कुमारी शाहको मृत्यु भएको थियो ।

प्रकाशित मिति: Aug 9, 2017

प्रतिक्रिया दिनुहोस्