Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीको चरम अभाव, सय बढी स्थानिय तहमा निमित्त प्रमुख !

काठमाडौं : स्थानीय तहमा कर्मचारीको चरम अभाव देखिएको छ । नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा एसय बढी नगरपालिका सञ्चालनमा रहेका छन् । सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा अझै १२० नगरपालिका निमित्तका भरमा सञ्चालनमा आएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी शाखाका प्रमुख भरतकुमार शर्माले जानकारी दिए ।

उनले सामान्यसँग पटक–पटक माग्दा पनि कर्मचारी नपठाएको गुनासो गरे । ‘हामीले स्थानीय तहको निर्वाचन भएपछि कर्मचारी माग गरेका हौं, उनले भने,‘अहिलेसम्म दुईपटक चिठी पठायौँ । तर सामान्यले अझै कर्मचारी पठाएको छैन ।’ स्थानीय विकास मन्त्रालयले जेठ १२ र साउन १९ गते दुईपटक १२० नगरपालिकाको कार्यकारी अधिकृतका लागि उपसचिव माग गरेको थियो ।

यता सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अपुग कर्मचारी पठाउने तयारी भइरहेको बताए । यसैगरी महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत हुने व्यवस्था भए पनि वीरगञ्ज र विराटनगरमा उपसचिवस्तरका कर्मचारी कार्यकारी अधिकृत रहेका छन् ।

उपसचिव शर्माले ती महानगर ढिलो घोषणा गरिएको हुनाले उपसचिव नै कार्यकारी अधिकृत भएको बताए ।
उनले चाँडै नै ती दुई महानगरमा सहसचिव पठाउने तयारी भइरहेको बताए ।

प्रकाशित मिति: Aug 9, 2017

प्रतिक्रिया दिनुहोस्