Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको जवाफ : ‘स्वाइनफ्लुबाट हालसम्म १० को मृत्यु’

काठमाडौं : व्यवस्थापिका–संसद्को आजको बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मौसमी रुघाखोकी (स्वाइनपफ्ल) का कारण हालसम्म ३८१ बिरामी देखापरेका र तीमध्ये १० जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

उनले एकजना चिकित्सकलाई सो रोग लागी निको समेत भएको जनाउँदै फ्लुले महामारी रुप भने नलिएको तथा रोकथामका लागि मन्त्रालय प्रतिबद्ध भएको बताए ।

मन्त्री पोखरेलले देशका सबै स्वास्थ्य संस्थालाई रुघारोकीको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाउँदै आवश्यक सचेतना र नियन्त्रणका लागि सांसद, सञ्चारकर्मी र सबै सरोकारवाला पक्षमा आग्रह गरे ।

बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले विधेयक तयार गर्दा कार्यपालिकाले हस्तक्षेप नगर्न आग्रह गरे ।

उनले संसद्को प्रक्रिया र मर्यादालाई पालन गर्नेतर्फ संसद्ले बोल्नुपर्ने धारणा राख्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रीले आगामी दिनमा संसद्को मर्यादा राख्न सभामुखबाट रुलिङ हुनुपर्छ भने । सभामुख ओनसरी घर्तीले साउन २२ गतेको बैठकमा सो विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेकी छन ।

प्रकाशित मिति: Aug 9, 2017

प्रतिक्रिया दिनुहोस्