यसरी मनाइयो आज गाईजात्रा ( हेर्नुहोस् फोटो-फिचर )
गाईको प्रतीक प्रदर्शन सँगसँगै विशेष किसिमको संगीतको तालमा लठ्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु भक्तपुरको गाईजात्राको विशेष आकर्षण हो।मृतक महिला, पुरुष र बच्चाको आधारमा भक्तपुरे गाईको प्रतीक बनाउँछन् ।
गाईको चित्र छापिएको छापा, परालले बनाइएको एकजोडा सिङ, चवरको पंखा, छाता, विभिन्न फूल र कागजबाट बनाइएका सिंगार्ने वस्तुले सजाइदिएर केटा भए सेतो वा अन्य रंगको नयाँ कपडा र केटी भए ुहाकुपतासीु (छेउमा रातो धर्सो भएको कालो रंगको सारी) वा सारीले बेरेर गाईको प्रतीक बनाइन्छ। जसमा उमेरअनुसार डोक साँ र ताहा साँ बनाइन्छ। यसरी डोकसाँ र ताहासाँ तयार भएपछि घरको मूलढोका अगाडि पुरोहित वा ब्राह्मणले मृतकको क्रिया गर्ने क्रियापुत्रलाई संकल्प गराई विधिबमोजिम पूजा गरेपछि त्यसलाई नगर परिक्रमा गर्न पठाइन्छ ।
हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार ललितपुरमा नेवार समुदाय गाईजात्रा पर्व मनाउँदै । तस्बिर : रासस
हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार ललितपुरमा नेवार समुदायले धुमधामका साथ गाईजात्रा पर्व मनाउँदै । तस्बिर : नवीन पौडेल, रासस
पाँचथरको फिदिममा गाईजात्राका अवसरमा स्थानीय पहिरनमा सजिएका बालिकाहरु । तस्बिर : जितबहादुर भण्डारी, पाँचथर, रासस
वर्षभरि मृत्यु भएका व्यक्तिका आत्माको शान्तिको कामनासहित गाईजात्राको अवसरमा मंगलबार भक्तपुरका घिन्ताङ्घिसी नाचसहित नगर परिक्रमा गर्दै । तस्बिर : नवीन पौडेल, रासस