Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजन केसीको कथन : ‘एक स्थानीय तह एक खेलकुद मैदान’

युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानीय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तीव्रता दिएको बताए । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले खेल मैदानको अभावमा पछिल्लो समय युवा खेल क्षेत्रबाट पलायन हुने क्रम बढेको बताउँदै उनले खेल क्षेत्रको विकासका लागि सरकार दृढ रहेको बताए ।

उनले प्रत्येक नगरपालिका र गाउँपालिकाले समेत युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम बनाउन आफूले आग्रह गरेको बताउँदै यसबाट तल्लो तहमा रहेका खेलाडी र युवा लाभान्वित हुने बताए । मन्त्री केसीले पर्वत जिल्लाका सबै तहमा एक/एकवटा खेल मैदान विस्तारका लागि स्थानीय तहसँग सहकार्य गरेर आफूले बजेट विनियोजन गरिदिने आश्वासन समेत दिए ।

प्रकाशित मिति: Aug 7, 2017

प्रतिक्रिया दिनुहोस्