Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस-माओवादीको संयूक्त विजय जुलुस (फोटो-फिचर)

चितवन : सर्वोच्चको आदेशलगत्तै भएको पुनःनिर्वाचनमा विजयी भएपछि कांग्रेस-माओवादी गठबन्धनले आइतबार चितवनमा संयूक्त विजय जुलुस गरेको छ ।

भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा समेत गठबन्धनका उम्मेदवार विजयी भएपछि कांग्रेस र माओवादीले संयुक्त विजय जुलुस निकालेका हुन् ।

महानगरको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन् । चौबिस कोठीबाट सुरु भएको जुलुस नारायणगढको पुल्चोक पुगेको थियो ।

जुलुसलाई आकर्षक बनाउन बाजागाजासहित नाचगान गरिएको थियो । विजय जुलुसमा सहभागी हुन गाउँ गाउँबाट नेता तथा कार्यकर्ता नारायणगढ आएका थिए ।  राजु सापकोटाबाट 

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्