Logo
९ मंसिर २०८१, आईतबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीद्वारा जनस्वास्थ्य कार्यालयमै आत्महत्या

मलंगवा : जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका खरिदार नविनकुमार चौधरी आइतबार बिहान कार्यालयमै झुण्डिर आत्महत्या गरेका छन् । सर्लाही बबरगंज २ बस्ने २८ वर्षीय चौधरी घाँटीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख हरिशचन्द्र साहले जानकारी दिए ।

सात महिना पहिले जागिर खाएका चौधरी कार्यालय बन्द रहेको अवस्थामा शनिबार राति कार्यालयको काम्पाउण्ड नाघि कार्यालयमा पसेका थिए । कोही नभएको अवस्थामा कार्यालयको भर्‍याङमाथि पासो लगाएर आत्महत्या गरेका हुन् ।

मृतक चौधरीको केही दिनदेखि डिप्रेशनको रोगी रहेको कार्यालय प्रमुख साहले जानकारी दिए । चौधरी काठमाडौंमा उपचार गराएर औषधी समेत सेवन गर्दै आएका थिए । उनले किन आत्महत्या गरेको हो त्यसबारे केही आफुहरुलाई जानकारी नभएको साहले बताए ।

बाबुको एक्लो सन्तानको रुपमा रहेको चौधरीको आत्महत्याको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्