Logo
११ पुस २०८१, बिहीबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालो दिनको सम्झनामा : पुर्वका नौ जिल्ला बन्द

झापा : राष्ट्रिय जनमुत्ति पार्टी प्रान्तीय परिषदले आज पुर्वका नौ जिल्लामा गरेको बन्दका कारण ती जिल्लामा यातायातका साधन चलेका छैनन् । बि स १८३१ मा गोर्खाका राजा शाहा वंशबाट गरिएको सम्झौताका कारण लिम्बुवान गुमेको भन्दै साउन २२ लाई कालो दिनकोरुपमा राष्ट्रिय जनमुत्ति पार्टी प्रान्तीय परिषदद्वारा बन्द आह्वान गरिएको हो ।

यातायात सेवा बन्द हुँदा यात्रुहरु समस्यामा परेका छन् । उक्त पार्टीले साउन २२ गतेलाई कालो दिनको रुपमा लिने गरेको छ । बन्दका कारण यातायातका साधनहरु चलेका छैनन् । संखुवसभा, धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेहथुम जिल्लामा बन्दको प्रभाव परेको रातोपाटी संवाददाताले बताएका छन् ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्