Logo
२ माघ २०८१, बुधबार
(August 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षेत्र निर्धारण आयोगले मूल प्रतिवेदन लेखन कार्य थाल्यो

काठमाडौं :  निर्वाचन क्षेत्र निर्धारणका लागि गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले शुक्रबारबाट मूल प्रतिवेदन लेखन कार्य सुरु गरेको छ ।आयोगलाई गत साउन ११ गतेदेखि काम सुरु गरेको आयोगलाई २१ दिन भित्र प्रतिवेदन बुझाई सक्नुपर्ने कार्यादेश दिइएको छ । सरकारले दिएको सोही कार्यादेश अनुसार समयमै काम सम्पन्न हुने गरी आयोगका पदाधिकारी र अधिकृत कर्मचारीहरु अहोरात्र खटिरहेको पनि आयोगका सदस्य कार्कीले उल्लेख गरे ।

आयोगले क्षेत्र निर्धारणका लागि राय, सुझाव संकलन गर्ने समय सकिएकै दिन शुक्रबारबाट मूल प्रतिवेदन लेखन कार्य सुरु गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गरी सरकारबाट प्राप्त कार्यादेश अनुसार निर्वाचन क्षेत्र निर्धारणको काम समयमै सम्पन्न हुने गरी प्रतिवेदन लेखनको काम सुरु गरिएको आयोगका सदस्य गणेशराज कार्कीले जानकारी दिए ।

आयोगलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारी गर्नलाई पनि क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न पनि नैतिक दवाव छ ।निर्वाचन क्षेत्र निर्धारणका लागि राजनीतिक दलहरु, विज्ञहरु र देशका मुख्य, मुख्य सहरमा अन्तरक्रिया कार्यक्रम गरी सुझाव लिइएको पनि आयोगद्धारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले संवैधानिक व्यवस्था अनुसार जनसंख्या र भूगोललाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेछ । राजनीतिक दलहरुले पनि सोही अनुसार अघि बढ्न आयोगलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति: Aug 5, 2017

प्रतिक्रिया दिनुहोस्