भरतपुर महानगरपालिकामा ज्ञवाली २७१ मतले अगाडी
२४ सय १० मतगणना हुँदाको मतपरिणाम अनुसार:
देवी ज्ञवाली : ४१७७४
रेणु दाहालको मत : ४१५०३
भरतपुर : १९ को पछिल्लो मतगणना परिणाम अनुसार मेयरका उम्मेदवार रेणु दाहालले प्रतिष्पर्धी देवी ज्ञवालीसँग मतान्तर घटाएकी छिन् । वडा नं१९ मा खसेको २८ सय ७० मत मध्ये २४ सय १० मत गणना हुँदा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ५ सय ३ मत ल्याएकी छिन् । अब वडा नं १९ मा ४ सय ६० मत गणना हुन बाँकी छ ।
यस्तै उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती शाहले ४५ हजार ३ सय ९८ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेकी दिब्या शर्माले ३८ हजार ४ सय ३४ मत ल्याएकी छिन् ।
वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले १२ सय ६५ मत ल्याएका छन् भने एमालेका वडा अध्यक्षले ८ सय ९८ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका वडा अध्यक्षले ६६ मत ल्याएका छन् ।
२४ सय १० मतगणना हुँदा २५ मत बदर भएको थियो भने २३ सय ८५ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ । गएराती देखि ४ स्थान बनाएर मतगणना शूरु गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि तार – जालीले बेरिनुका साथै सीसी टिभीको निगरानीमा राखिएको छ । मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा समेत जडान गरिएको छ ।