Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दोश्रो पटक हालेको मतले सुखद भविष्य निर्माण हुन्छ’

चितवन : चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुन मतदान गर्नु रहर नभई बाध्यता भएको कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले प्रतिक्रिया दिएकी छिन् । दाहालले जनताको दोश्रो पटकको मतदानमा पनि उत्साहजनक सहभागीता रहेको र सकारात्मक परिणाम आउने विश्वास बढेको पनि बताइन् ।

भरतपुर महानगरको शारदा मावी मतदान केन्द्रमा अवलोकन गर्न पुगेकी उनले झरीका बिच पनि जनताले उत्साहजनक रुपमा मतदान गरिरहेको बताइन् । उनले भनिन्– दोश्रो पटक चुनाव गर्नु सबैका लागि खुसीको कुरा त होइन, कसैलाई रहर पनि थिएन । यो परिस्थितिको उपज थियो ।

दोश्रो पटक मतदान गर्न जनतालाई कठिनाई भएपनि भोलीको दिन सुखद हुनेछ । पुन मतदान हुनु चुनौतिपूर्ण रहेको र यो अवसर पनि रहेको उनले प्रतिक्रिया दिइन् ।  बिहान केहीबेर झरीले मतदातालाई अवरोध गरेपनि १० बजेपछि पानी रोकिएको छ ।

यद्यपी मौसम सफा भएका बेला मतदान केन्द्रमा कम मतदाता देखिएका छन् । निर्वाचन आयोगका अनुसार यहाँका ३ मतदान केन्द्रमा बिहान १०ः३० बजेसम्म ३३ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रुपमा चलिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्