Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्पको टोकाइबाट महोत्तरीमा एक्कै गाउँका तीन जनाको मृत्यु 

बर्दिबास : सर्पको टोकाइबाट महोत्तरीको बर्दिबासमा तीन जनाको ज्यान गएको छ। पाँच दिन भित्रमा तीनै जनाको विशालु सर्प गोहमन र करेतको टोकाइबाट मृत्यु भएको हो । बर्दिबास नगरपालिका- १ की १९ बर्षीया रवीना गौतमको बिहीबार करेत सर्पको टोकाइबाट मृत्यु भएको छ । बुधबार राति खाना खाएर आमा पार्वती गौतमसंगै सुतेकी उनको ज्यान गएको हो ।

सर्प दंशका गम्भीर विरामीको उपचार लागि बर्दिबास स्थित सर्प दंश उपचार केन्द्रमा पुर्याइएको भए पनि भेन्टिलेटरको अभाव छ। सर्प दंशबाट घाइते भएका विरामीको उपचारको लागि बाहिर लैजादै गर्दा मृत्यु हुने क्रम बढेको छ ।

दुई तल्ले घरको माथिल्लो कोठमा सुतेकी रवीनालाई ओछ्यानमै सर्पले टोकेको थियो । उपचारका लागि राति नै बर्दिबासस्थित सर्प दंश उपचार केन्द्रमा पुर्‍याइएको थियो । ११ भाइल इन्टिस्नेक भेनम सेरमको भाइल चढाइयोे । तर, पनि उनको अवस्था सुध्रिएनन् ।

सर्प दंश उपचार केन्द्रमा भेनटिलेटरको अभावमा उपचार सम्भव भएन। थप उपचारको लागि धरान लैजादै गर्दा उनको बाटोमा मृत्यु भएको परिवारले बताए । आफ्नै पसलको अगाडि खेल्दै गरेकी बर्दिबास नगरपालिका-१ की अढाई बर्षीया बच्ची आइसा सिंहलाई मंगलबार गोमन सर्पले टोक्यो ।

उपचारको लागि बर्दिबास स्थित गौरीडाँडाको सर्प दंश उपचार केन्द्रमा पुर्याउदा भेन्टिलेटरको अभावमा बच्चीको उपचार गर्न केन्द्रले असमर्थता जनायो । सर्प दंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचार गर्नको लागि बाहिर लैजादै गर्दा आइसाको पनि मंगलबारै मृत्यु भयो ।

आइतबार राति साथीको घरमा लगाइएको पुजाकोप्रसाद खाएर बर्दिबास नगरपालिका-१ का १५ बर्षीय आशिष अधिकारी घर फर्किदै थिए । बाटोमा उनको खुट्टामा करेत सर्पले टोक्यो। राती कोठमा सुतेका आषिशको सुतेको ठाउँमा ज्यान गयो। कक्षा १० मा पढ्दै गरेका आषिश एक्लो छोरा हुन् ।

सर्प दंशबाट बर्दिबासमा लगालग स्थानीयको ज्यान जान थालेपछि गाउँलेहरु त्रस्ति बनेको स्थानीय कालिका पहाडीले बताइन् । विशालु सर्प करेत र गोमनको टोकाइबाट एकै टोलका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । सर्प दंश उपचार केन्द्रमा सर्प दंशका गम्भीर विरामीलाई उपचार गर्न भेनटिलेरको व्यवस्था गर्न बर्दिबास सेवा समितिका अध्यक्ष हिरालाल गौतम (हिरा)ले सरकारसंग माग गरेका छन् ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्