Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्मालाई

काठमाण्डौ । नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्माले पाएकी छन् । संसदीय वोर्डको बिहीबारको बैठकले शर्मालाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि शर्माले सचेतकको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । केपी ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बन्नुअघि शर्मा सचेतक थिइन् ।

यसअघिका प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्री बनेपछि शर्मालाई सो जिम्मेवारी दिइएको हो । सामान्य प्रशासन मन्त्री हुँदा राम्रो काम गरेर चर्चामा आएकी शर्मालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि पठाउनुपर्ने दबाव पार्टीभित्र थियो ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्