Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

DSP दासलाई निलम्वन नगर्न सर्वोच्चको आदेश

काठमाडौं : नेपाल प्रहरीका डीएसपी सन्जिव शर्मा दासको निलम्वन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।दास डीएसपीबाट एसपीमा हालै बढुवा भएका थिए तर, गृहमन्त्री जनार्दन शर्माको आदेशमा प्रहरी प्रधान कार्यालयले निलम्बन गरी अनुसन्धान थालेको थियो ।

प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको इजलाशले निलम्वन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस-१ सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेका डीएसपी शर्मालाई निलम्बन गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेको थियो । सर्वोच्चले निलम्बन नगर्न अन्तरिम आदेश दिएसँगै दासले बढुवाको फुली लगाउने बाटो खुलेको छ ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्