Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृत्युपूर्व यस्ता भएका थिए बलिउडका ‘डरलाग्दा’ भिलेन

अजय देवगन अभिनित फिल्म दिलवाले अझै पनि सबैलाई याद छ होला र छैन भने एक पटक माथिको फोटो हेर्नु होला । हो ठिक सम्झिनु भो , उनी त्यही कलाकार हुन, जसको सिन आउदा बच्चा रुन थाल्थे ।

थुप्रै बलिउड र साउथ फिल्ममा भिलेनको भूमिका निर्वाह गरिसकेका अभिनेता रामी रेड्डी उनको क्रुर भूमिकाका लागि चर्चित थिए । सन् १९९३ मा रिलिज भएको फिल्म ‘वक्त हमारा हे’ मा कर्नल चिकाराको भूमिका होस् वा ‘प्रतिबन्ध’ मा अन्नाको, रामी हरेक भिलेनको भूमिकामा खरो उत्रिन्थे ।

यद्यपी, २ सय ५० भन्दा धेरै फिल्ममा काम गरिसकेका रामीलाई कलेजोको रोगले गाँजेको थियो जसका कारण उनी धेरैजसो बिरामी भइरहन्थे । कलेजोको रोगका कारण रामीको धेरैजसो समय घरमा नै बित्ने गर्दथ्यो र बिस्तारै बिस्तारै उनी सार्वजनिक रुपमा देखिन छोडे । यद्यपी, उनी एकपटक एक कार्यक्रममा देखिएका थिए जहाँ उनलाई पहिचान गर्न मुश्किल भएको थियो ।

वास्तवमा रामी त्यतिबेला निकै दुब्लो पातलो देखिएका थिए । रामीलाई कलेजोका साथै मृगौलाको रोगले पनि च्याप्न थाल्यो जसका कारण उनको शरिरमा हड्डीमात्र बाँकी थियो ।

पछि उनलाई क्यान्सर पनि भएको धेरैले बताएका थिए । केही महिनासम्मको उपचारपश्चात् सन् २०११ को अप्रिल १४ मा सिंकदराबादको एक अस्पतालमा उनको मृत्यु भएको थियो । एजेन्सी

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्