Logo
२ कार्तिक २०८१, शुक्रबार
(July 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ वर्षपछि फेरी नितिश–मोदी एक साथ: छैटौं पटक मुख्यमन्त्री

४ वर्षपछि फेरी पुरानै गठबन्धनमा प्रवेश गर्दे नितिशकुमार छैटौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । राजीनामा दिएको भोलिपल्ट नितिशले बिहारको २२ औं मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन् । महागठवन्धनबाट मुख्यमन्त्री बनेका नितिशले लालु यादवको दल आरजेडीसँग विवाद भएपछि राजीनामा दिएका थिए । बिजेपी बिहारका प्रमुख नेता सुशीलकुमार मोदीले नितिशसँगै उपमुख्यमन्त्रीको सपथ लिए ।

छिटो गतिमा उथलपुथल

बिहारको राजनीतिमा बुधबार निकै छिटो गतिमा उथलपुथल भयो । साँझ जब मुख्यमन्त्री नितिशकुमारले राज्यपाल केशरीनाथ त्रिपाठीसँग भेट्नका लागि समय मागे, यो प्रष्ट भयो कि राज्यमा जेडीयू र बीजेपी गठवन्धनको को सत्ता फर्कियो । यसअघि अपराहृन आरजेडी प्रमुख लालुप्रसाद यादवले पार्टीका नेताहरुसँग भनेका थिए कि उनको छोरा एवं विहारका उपमुख्यमन्त्री तेजस्वी यादवले महागठवन्धन सरकारबाट राजीनामा दिँदैनन् । उनले यो पनि दाबी गरे कि मुख्यमन्त्री नितिशकुमारले तेजस्वीको राजीनामा पनि मागेका छैनन् ।

दिउँसो दुई-ढाईबजे लालु यादवले आरोप लगाए कि मिडियाले गठवन्धन तोड्ने कोशिश गरेका छन् । मंगलबार मात्र नितिशसँग आफ्नो कुरा भएको भन्दै उनले कुनै विमति नभएको दाबी गरे । तर, साँझ पौने ७ बजेतिर बिहारको राजनीतिले नयाँ मोड लियो । मुख्यमन्त्री नितिशकुमारले राज्यपाल केशरीनाथ त्रिपाठीलाई भेटेर राजीनामा बुझाए ।

केही मिनेटमै प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई

नितिशले राजीनामा घोषणा गरेको केही मिनेटमै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै बधाई दिए । उनले राजनीतिक मतभेदबाट माथि उठेर भ्रष्टाचारविरुद्ध एक हुनु देशको माग भएको मत राखे । साढे ७ बजे पटनामा भाजपा विधायकको बैठक बस्यो । आफूहरु विहारमा मध्यावधि चुनावको पक्षमा नरहेको बीजेपीका वरिष्ठ नेता सुशील मोदीले बताए ।

लालु यादवले करिव १५ मिनेट आफ्नै घरमा सञ्चारकर्मीहरुसँग कुरा गरे । उनले तीन दलको बैठक बसेर नयाँ नेता चुन्ने र सरकार गठन गर्नु पर्नेमा जोड दिए । राति ८ बजेतिर कांग्रेसका प्रवक्ता रणदीप सुरजेवालाले नितिशकुमारको राजीनामाले निराश भएको बताए । उनले बिहारका जनताले ५ वर्षका लागि महागठवन्धनलाई भोट दिएको बताए ।

१० बजेतिर सुशील मोदीसहितका भाजपाका नेताहरु नितिशकुमार कहाँ

राति पौने ९ बजेतिर लालुले पार्टीको बैठक बोलाए । ९ बजे सुशील मोदीले नितिशकुमारसँग कुराकानी भएको र उनलाई बीजेपीले समर्थन गर्ने निर्णय लिएको सुनाए । उनले भने, उनको नेतृत्वमा बन्ने सरकारलाई हामी समथर्न गर्छौं । राति पौने १० बजेतिर सुशील मोदीसहितका भाजपाका नेताहरु नितिशकुमार कहाँ पुगे र संयुक्त बैठक सुरु भयो ।

राति साढे १० बजे यो अखबर आयो कि बिशीबार साँझ ५ बजे नितिशकुमारले फेरि मुख्यमन्त्री पदको सपथ लिनेछन् । राति १२ बजे नितिशकुमार, सुुशील मोदीसहितका नेताहरु राज्यपाललाई भेट्न राजभवन गए । १० मिनेटपछि तेजस्वी यादवले भने, राज्यपालसँग भेटका लागि समय मागेका छौं, ठूलो पार्टी हुनुको नाताले सरकार बनाउने दाबी गर्छौं । जेडीयू विधेयकको समर्थन पाउँछौं ।

राति करिव डेढ बजे १३२ विधायकको समर्थनको चिठ्ठी

तर, राति करिव डेढ बजे सुशील मोदीले भने, हामीले राज्यपाललाई १३२ विधायकको समर्थनको चिठ्ठी दिएका छौं । हामीलाई सपथका लागि विहान १० बजेको समय पायौं । नितिशकुमार मुख्यमन्त्री र सुशील मोदी उपमुख्यमन्त्री हुने भए । तेजस्वी यादवले भने सबैभन्दा ठूलो पार्टीलाई सपथका लागि नबोलाए राजभवनमा धर्ना दिने बताए ।

राति ढाई बजेतिर तेजस्ती यादवको नेतृत्वमा आरजेडीका नेताहरुको समूह राजभवन पुगे । केहीले राज्यपाललाई भेटे । भेटपछि तेजस्वीले भने, सबै पूर्व नियोजित छ । सबै पहिल्यै तय रहेछ । सबै यति छिटो कसरी भयो ? @भारतिय मिडियाहरुको सहयोगमा 

प्रकाशित मिति: Jul 27, 2017

प्रतिक्रिया दिनुहोस्