Logo
२ कार्तिक २०८१, शुक्रबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कलाकारले नै मिलाए निर्माता रावल र अभिनेत्री श्रेष्ठबिचको विवाद

काठमाडौं : निर्माता सुनिल रावल र अभिनेत्री स्यारोन श्रेष्ठबिचको ‘गलत नियत’को विवाद मिलेको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, कलाकार संघकी महासचिव सरिता लामिछाने, अभिनेत्री असिस्मा नकर्मी, कलाकार कबिता शर्मा लगायतको पहलबाट उक्त विवाद टुङ्गिएको हो ।

अभिनेत्री स्यारोनले केही दिन पहिले आफु नजिकका केही पत्रकार भेला गरेर निर्माता रावलले आफुमाथि खराब नियत प्रस्तुत गर्र्दै गलत नियतले ब्यवहार गरेको आरोप लगाएकी थिइन् । उनको समाचार मिडियामा छाएपछि चलचित्र बजार सुनिल र स्यारोनको विवादले गर्माएको थियो ।

सोमबार अनामनगर स्थित कलाकार संघमा सम्बन्धित दुबै पक्षबिच भएको भेला र छलफलबाट उक्त बिवाद टुङ्गिएको हो । छलफलमा दुबै पक्षले आगामी दिनमा ब्यक्तिगत जीवनमा आच आउने खालको कुनै पनि आरोप वा लान्छना लाग्ने अभिब्यक्ति दुबै पक्षबाट नदिने र दिन नपाउने सहमती भएको छ ।

उनले निर्माता रावलले सुटिङ सेटमा आफुलाई जिस्क्याउने देखि आफ्नो गर्लफ्रेन्ड बन्न दबाब दिनेसम्म गरेको आरोप लगाएकी थिइन् । ‘निर्माता रावलको गलत ब्यवहारका कारण म सुटिङ छोड्न तयार थिए’ उनले भनेकी थिइन् ‘निर्माताले मेरो गर्ल फ्रेन्ड बने एयर होस्टेजसम्म बनाई दिने आफर दिएका थिए ।’

रावलले भने श्यारोनको आरोप गलत भएको दाबी गर्दै आएका थिए । ‘चलचित्र ‘सायद २’ हिट हुन्छ, म चर्चामा आउँछु भने सोच स्यारोनको थियो’ निर्माता रावल भनेका थिए ,‘ब्यवसायले सो चर्चा दिलाउन नसकेपछि उनले चर्चाको लागि आरोप लगाएकी हुन् ।’ ‘मैले उनीप्रति गलत नियत गरेको भए चलचित्र प्रदर्शन अगाडि उनले यी कुरा ल्याउन सक्थिन्’ सुनिलले भन्दै आएका थिए ।

स्यारोनको पारिवार समेत सहभागी छलफलमा दुबै पक्षबिच उत्पन्न असमझदारी र आरोप पत्यारोप र टिका टिप्पणीको पनि अत्य गर्ने सहमती भएको कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले बताए । ३० असारबाट प्रदर्शनमा आएको ‘सायद २’बाट स्यारोन अभिनयमा डेब्यु गरेकी हुन्, सुनिलकै निर्माणमा चलचित्र बनेको हो । चलचित्रले ब्यवसाहिक सफलता हात पार्ने अभिनेत्री लगायत निर्माण पक्ष सबैको अपेक्षा थियो । चलचित्रले सो अपेक्षा पुरा गर्न सकेन ।

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्