Logo
७ मंसिर २०८१, शुक्रबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्भव भए भोलि :आज मन्त्रिपरिषद विस्तार नहुने

काठमाण्डौ : नेपाली कांग्रेसभित्र मन्त्रालयको भागबण्डा नमिल्दा मंगलबार हुने भनिएको मन्त्रिपरिषद विस्तार बुधबारका लागि सारिएको छ ।प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा आज बिहानैबाट मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेपनि पौडेल समुहको अडानका कारण म‌गलबारको कार्यक्रम स्थगित भएको नेताहरुले बताएका छन् ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच क–कसलाई मन्त्री बनाउने र कुन समुहले कति मन्त्रालय पाउने भन्नेमा विवाद भएपछि आज हुने भनिएको मन्त्रिमण्डल विस्तार रोकिएको हो ।

कांग्रेसमा पौडेल पक्षले ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने बताउदै आएको छ सरकारमा सहभागी अर्को दल, नेपाल लोकतान्त्रिक फोरमले भने मन्त्रीको नाम बुझाइसकेको छ ।

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्