Logo
११ पुस २०८१, बिहीबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानको लिङ्ग काटेको आरोपमा एक महिला पक्राउ

चार सन्तानकी आमालाई श्रीमानको लिङ्ग काटेको आरोपमा तमिलनाडुको गुडियट्टममा शुक्रबार पक्राउ गरिएको छ । श्रीमानको अवैध सम्बन्धका कारण झगडा भएपछि उनले लिङ्ग नै काटिदिएको बताइएको छ । गुडियट्टमका पुलिसले सरासुलाई थुचिपाटु नजिकै पक्राउ गरेको र उनीबाट श्रीमानको लिङग लिइएको जानकारी दिएको छ ।

‘हामीले ती महिलालाई शुक्रबार पक्राउ गरेका छौं । उनी भी कोटास्थित उनको माइती जाने बाटोमा थिइन् । श्रीमानको काटिएको लिङ्गलाई उनले पर्समा बोकेकी थिइन्,’ इन्स्पेक्टर एमटी इरुद्याराजले भने । अनुसन्धानमा पत्ता लागे अनुसार सरासु र जगादिसानको गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने बेला प्रेम बसेको थियो ।

उनीहरुको १४ वर्ष अघि विवाह भएको हो । उनीहरुका एक छोरा र तीन छोरी छन् । पारिवारिक झगडा पछि सरासु करिब एक वर्ष अघि माइतीमा बस्दै आएकी छिन् । उनका सन्तानभने गुडियटमस्थित हजुरबुवाको घरमा बस्दै आएका छन् । उनीहरु स्थानीय विद्यालयमा पढिरहेका छन् ।

यो जोडीको १३ वर्षीय जेठो छोराले जन्मदिनमा आमालाई घर आउन आग्रह गरे । ‘उनी जुलाई १७ तारिखमा छोरोको जन्मदिन मनाउन त्यहाँ पुगिन् । उनका छोराले आमालाई बुवासँगै बस्न आग्रह गरे र यसमा उनले स्विकोरिक्ति जनाइन् । उनीहरुका सन्तान हजुरबुवा सँगै बसे भने यो जोडी लिङ्गुड्राममा रहेको घरमा बसे,’ इन्स्पेक्टरले बताए ।

गत बुधबार बेलुका जगदिसान रक्सी पिएर घर आए र श्रीमतीसँग झगडा गरे । माइतीमा बस्दा उनले उनको पवित्रतामाथि पनि प्रश्न उठाउँदै कसैसँग सम्बन्ध भए नभएको बारे केरकार गर्न थाले । ‘उनी बुढी भएको पटक पटक दोहोराउँदै उनले चाँडै नै अर्की महिलासँग विवाह गर्न लागेको बताए,’ सरासुलाई उद्धृत गर्दै इन्स्पेक्टरले बताए ।

उनले पनि श्रीमानलाई उनको अवैध सम्बन्ध र आफू नभएका बेला अन्य महिलालाई घरमा ल्याएको भन्दै गाली गर्न थालिन् । ‘उनीहरुबिचको झगडा बिहिबार बिहान २ बजेसम्म जारी रह्यो । त्यसपछि उनका श्रीमान सुत्न गए । करिब ३ बजेतिर सरासूले भान्छाबाट धारिलो हतियार ल्याइन् र श्रीमानको लिङ्ग काटिन् । उनी काटिएको लिङ्ग बोकेर तत्काल माइतीतर्फ हिँडिन्,’ सब–इन्स्पेक्टर ए क्रिस्नमुर्तीले बताए ।

जगदिसनको चिच्याहट सुनेर छिमेकी र आफन्त उनको घरमा पुगे र तत्काल सरकारी अस्पताल पुर्याए ।

प्राथमिक उपचारपछि उनलाई सरकारी भेलेरो मेडिकल कलेज हस्पिटल पुर्याइयो जहाँ उनी खतरामुक्त भएको बताइएको छ । ‘उनको शल्यक्रिया भयो र तीब्र स्वास्थयलाभ गरिरहेका छन्,’ पुलिस अधिकारीले बताए ।

उनकी श्रीमतीलाई पक्राउ गरिएको छ । एजेन्सी, टाइम्स अफ इन्डिया

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्