Logo
१२ पुस २०८१, शुक्रबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापतिदेखि प्रधानन्यायधीशसम्मको पशुपतिमा पुजा

काठमाडौँ  : साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा पौने दुई लाख भक्तजनले दर्शन गरेका छन् । साउने सोमबारको अवसर पारेर प्रधानसेनापति राजेन्द्र क्षत्रीले पशुपति मन्दिरमा विशेष पूजा गरेका छन् । प्रधानसेनापति क्षत्रीले लघु रुद्राभिषेकसहित पशुपतिनाथ मन्दिरमा रु ११ हजारको विशेष पञ्चामृत पूजा गराएको कोषले जनाएको छ ।

प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीले पनि मन्दिरमा दर्शन गरेको कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए । मन्दिरमा आज पनि उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी भक्तजनले दर्शन गरेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उनले बताए ।

पशुपतिमा विशेषगरी महिला भक्तजनको भीड थियो । विवाहित नारीले साउनको सोमबार व्रत गरी शिवालयमा दर्शन गरेमा अटल सौभाग्य र अविवाहितले व्रत गरेमा चिताएको वरवधु प्राप्त हुने धार्मिक विश्वास छ ।

सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिमा जल चढाउनेको पनि आज भीड लागेको थियो । यसैबीच पन्ध्र दिन अघिदेखि बिग्रिएको शवदाह गृह यन्त्रको मर्मत भइरहेकाले एक हप्तामा सञ्चालनमा ल्याउने तयारी गरिएको कोषले जनाएको छ । रासस

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्