Logo
६ मंसिर २०८१, बिहीबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.गोविन्द केसीको अनसन सुरु, विवेकशीलद्वारा धर्ना

काठमाण्डौं : सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै प्राध्यापक डा गोबिन्द केसीले आजबाट अनसन सुरु गरेका छन् । उनको यो ११ औं पटकको अनसन हो ।

माथेमा प्रतिबेदन कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन संस्था आईओएममा डिनको सिफारिसमा सहायक डिन र क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने तथा सरकार र अदालतको आदेश नमान्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्नुपर्ने उनको माग छ ।

चिकित्सा शिक्षा सुधारको मागमा सरकारले गरेका सहमति पालना नगरेको भन्दै केसीले आज शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर अनसन सुरु गरेका हुन् । यसअघि केसीले सरकारलाई माग पुरा गर्न असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

यसैबीच विवेकशील नेपाली दलले केसीको माग सम्बोधनको लागि दवाद दिन त्रिवि शिक्षण अस्पतालमा धर्ना दिएको छ । केसीको समर्थनमा ब्यानरसहित विवेकशील नेपाली दलका कार्यकर्ता धर्नामा सहभागि भएका थिए ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्