Logo
६ मंसिर २०८१, बिहीबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हामीलाई हल्का नलिइयोस्’ भन्दै राजपाको चेतावनी

राष्ट्रिय जनता पार्टीले आफुहरुसंगको सहमति कार्यान्वयनलाई हल्का ढंगमा नलिन सरकार र राजनीतिक दललाई चेतावनी दिएको छ ।
व्यवस्थापिका संसदको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद महेन्द्र राय यादवले यथास्थितिमा आफुहरु निर्वाचनमा जाने अवस्था नरहेको भन्दै आफुहरुका मागलाई हल्का ढंगले नबुझ्न चेतावनी दिए ।

सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन, संविधान संसोधन लगायत आफुहरुसंग विगतमा भएका सहमति कार्यान्वनमा सरकार र राजनीतिक दलहरु गम्भीर नबनेको भन्दै राजपाले हल्का ढंगले लिएमा भविष्यमा त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको हो ।

राजपालाई निर्वाचनमा सहभागी गराउने भन्दै सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको मिति सारे पनि राजपा भने संविधान संसोधन लगायत माग पुरा हुनुपर्ने अडानमा यथावत उभिएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य यादवले संविधान संसोधन प्रस्ताव अघि बढाउन, राजनीतिक मुद्दा फिर्ता लिदै बाकी रहेकालाई शहिद घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्