Logo
११ पुस २०८१, बिहीबार
(July 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संकटमा बिहार सरकारः नितिश र लालूको सम्बन्धमा दरार

भारत, बिहारमा रहेको नितिस कुमार र लालू यादव वीचको बहुचर्चित ‘महागठबन्धन’ मा खटास आएको खबर छ । नरेन्द्र मोदीको लहरलाई रोक्न पछिल्लो पटक भारतिय जनता पार्टी (बिजेपी) संगको १७ सालको लामो सम्बन्धलाई तोडदै नितिस कुमारले लालू यादव नेतृत्वको आरजेडी र भारतिय कंग्रेससंग ‘महागठबन्धन’ बनाएका थिए ।

तर पछिल्ल्लो पटक लालू यादव र उनका परिवारका प्रायः सबै सदस्य बिरुद्ध भ्रष्टचार मामिलामा सिआइबीले छानवीन सुरु गर्दे आन्तिरिक मुद्दा दायर गरेपछि नितिससंगको सम्बन्धमा खटास आएको हो । नितिस नेतृत्वको बिहार सरकारमा लालूका माइलो छोरा तेजस्वी यादव उपमुख्यमन्त्री छन भने जेठो छोरा स्वास्थय मन्त्री रहेका छन ।

मुख्यमन्त्री नितिस कुमारले आफू ‘दागी’ भनिएकाहरुलाई उपमुख्यमन्त्री तथा मन्त्री पदमा राख्न नसक्ने बताइरहेका छन । तर लालूले भने तत्काल आफना मन्त्रीहरु राजिनमा नदिने बताइरहेका छन ।  यस महागठबन्धनमा यत्तिसम्मको खटास आएको छ की मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीवीच बोलचालसम्म बन्द भएको छ, भने एउटै मञ्चमा समेत देखापर्न छाडिएको छ ।

भारतिय न्यूज नेटर्वक एबिपि न्यूजका अनुसार ‘महागठबन्धन’ नाम दिइएका बिहारको सत्ता गठबन्धनलाई बचाउन आरजेडीले जतिसुकै प्रयास गरेपनि उक्त प्रयासहरु भने दिनानदुन असफल बन्दै गएको छ । मिडियाहरुमा उल्लेख रिर्पोटहरुका अनुसार लालूले आफना सबै मन्त्रीहरु फिर्ता लिने र सरकारलाई सर्मथन दिइरहने बताइरहेका छन भने नितिसले आरोपित भनिएका उपमुख्यमन्त्री र मन्त्रीले मात्र राजिनमा दिनु पर्ने र अरु मन्त्रीहरुको राजिनमाको कुनै आवश्यक्ता नरहेको बताइरहेका छन ।

यद्यपी यो क्रमभङ्गमा भारतिय केन्द्रिय सत्तासिन दल भारतिय जनता पार्टी (बिजेपी) भने मुख्य खेलाडी मानिएको छ । उस्ले नितिसलाई आवश्यक्ता परे बिजेपीले सर्मथन दिने आश्वासन दिइरहेका छन भने नितिस जस्तो सवक्ष ब्यक्ती दागीहरुसंग बस्न नहुने बताइरहेको छ । यता, राष्ट्रपति चुनावमा समेत नितिसले बिजेपीका उम्मेदवारको पक्षमा मतदान गरेपछि नितिस र बिजिेपीवीच सम्बन्ध सुमधुुर बनेको अडकलवाजी भारतिय मिडियाहरुको रहेका छन ।

प्रकाशित मिति: Jul 18, 2017

प्रतिक्रिया दिनुहोस्