Logo
११ पुस २०८१, बिहीबार
(July 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढकाल र गुरुङ मैदानमा: म्यानपावर व्यवसायीको चुनाव

काठमाडौं : म्यानपाव व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन शुक्रबार सुरु भएको छ । करिव साढे ८ सय म्यानपावर व्यवसायी आवद्ध संघको रहेक दुई बर्षमा नयाँ नेतृत्वका लागि निर्वाचन हुने गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार काठमाडौं आर्मी अफिसर क्लवमा सभाको उद्घाटन गरेका हुन् ।

निर्वाचनवाट अध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष सहित करिव डेढ दर्जनको कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । हरेक वर्ष करिव ५ लाख युवा विदेश पठाउने म्यानपावर व्यवसायीको यो संस्थामा नेतृत्वका लागि तिव्र प्रतिश्पर्धा हुने गरेको छ । सधैझै यसपटक पनि एमाले, माओवादी समर्थित व्यवसायी सहितको संयुक्त, व्यवसायी समूह र काँग्रेस निकट व्यवसायीको समूह आआफ्नो प्यानल सहित मैदानमा छन् ।

संयुक्त व्यवसायीक समूहवाट रोहन गुरुङ अध्यक्षको उम्मेदवार छन् भने काँग्रेस निकट व्यवसायीको तर्फवाट बिमल ढकाल अध्यक्षका उम्मेदवार बनेका छन् । ढकाल संघका वर्तमान अध्यक्ष समेत हुन् भने गुरुङ महासचिव हुन् । यो पटकको निर्वाचनमा दुवै टिम शसक्त रुपमा प्रतिश्पर्धामा उत्रिएको छ । गुरुङ नेतृत्वले युवा व्यवसायीलाई उम्मेदवार बनाएको छ भने ढकाल समूहवाट केही पुराना व्यवसायी मैदानमा छन् । दुवै समूहको चुनावी प्रतिश्पर्धा तिव्र देखिएपनि अध्यक्षमा गुरुङ बलियो भएको केही व्यवसायीको दावी छ ।

उनको प्यानलमा रामप्रसाद भान्तना वरिष्ठ उपाध्यक्षका उम्मदवार छन भने ढकाल समूहवाट प्रज्ञान न्यौपाने वरिष्ठ उपाध्यक्षको उपाध्यक्षमा भिडेका छन् । दुवै समूहको पदाधिकारी देखि सदस्य पदमा समेत तिव्र प्रतिश्पर्धा हुने देखिएको छ । गुरुङ समूहवाट द्वितिय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नेश गेलाल, सचिवमा ईश्व जिसी उम्मेदवार छन् ।

वैदेशिक रोजगार क्षेत्र सुरक्षित होस : प्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्र सुरक्षित, मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभाव उद्घाटन शत्रमा उनले यस्तो धारणा राखेका हुन् । उनले यो क्षेत्र सधै सम्मानित हुनुपर्ने भन्दै सरकार व्यवसायीका समस्या समाधान गर्न प्रतिवद्ध रहेको जनाए ।

मुलुकमा रोजगारीको अवस्था नहुँदा धेरै युवा विदेसिनु परेको भन्दै देउवाले यो क्षेत्रले नेपालको अर्थतन्त्रमा टेवा पु¥याएको बताए । उनले नेपाली युवाको सुरक्षित रोजगारीका लागि व्यवसायी र सकावीच समन्वय हुनुपर्नेमा जाड दिए ।

प्रकाशित मिति: Jul 14, 2017

प्रतिक्रिया दिनुहोस्