फिल्म समिक्षाः इमोशनल ड्रामा हो सलमानको ‘ट्युबलाइट’
फिल्मः ट्युबलाइट
निर्देशकः कबिर खान
स्टार कास्टः सलमान खान, सोहेल खान, जूजू, मतिन रे तंगु, ओम पुरी, शाहरुख खान, मोहम्मद जीहान अयूब
अवधिः २ घण्टा १६ मिनेट
सर्टिफिकेटः यू
रेटिङः २.५ स्टार
निर्देशक कबिर खान र सलमान खान एकसाथ फिल्म ‘टाइगर’ र ‘बजरंगी भाइजान’ मा काम गरिसकेका छन् । यो जोडीको तेस्रो फिल्म हो ‘ट्युबलाइट’ । यसपटक कबिर खानले हलिउड फिल्म ‘लिटिल बोई’ बाट प्रेरित भएर यो फिल्मको कहानी पर्दामा दर्साउने कोसिस गरेका छन् । हुन त हलिउड फिल्म ‘लिटिल बोई’ ले धेरै चर्चा बटुल्न सफल भएन तर त्यसको हिन्दी रुपान्तरणमा केही न केही नयाँ हुने आशा गरिएको छ ।
कहानीः
यो कहानी लक्ष्मण (सलमान खान) को हो जसलाई वरिपरिका बच्चाहरुले ट्युबलाइटको नामले बोलाउने गर्दछन् । लक्ष्मणका भाइ भरत (सोहेल खान) हुन् । भरत र लक्ष्मणको आमाबुवाको बाल्यकालमा नै मृत्यु भएको देखाइएको छ । यी दाजुभाइ एकअर्कासँगै हुर्किन्छन् । कहानीमा भावुकता त्यतिबेला छाउँछ जब भरत आर्मीमा जागिरे हुन्छन् र भारत–चीन युद्धका लागि उनी जानुपर्ने हुन्छ । लक्ष्मण पूर्ण रुपमा भावुक हुन्छन् र कुनै पनि हालतमा आफ्नो भाइलाई फिर्ता ल्याउनका लागि उनको भरपुर कोसिस हुने गर्दछ जसका लागि लक्ष्मणको यात्रा सुरु हुन्छ । कहानीमा बन्ने खान (ओम पुरी) र साना बच्चा गुओ (मतिन) र उनकी आमा (जू जू) को प्रवेशपश्चात् पूरा ट्विस्ट एण्ड टन्र्स आउने गर्दछ । तर लक्ष्मणलाई विश्वास हुन्छ कि उनको भाइ लडाईंपश्चात् पक्कै फिर्ता आउनेछ । के उनको विश्वास वास्तविकतामा परिणत हुन्छ ? त्यो थाहा पाउनका लागि पूरा फिल्म हेर्नुपर्ने हुन्छ ।
किन हेर्ने फिल्म ?
सलमान खान पहिलो पटक एक म्याचोम्यानको अवतारभन्दा भिन्न ब्याकफुटमा खेलिरहेको देख्न सकिन्छ र उनको यो अवतार तपाईंले सायद नै देख्नुभएको होला । उनलाई तपाईंले पहिलो पटक फ्रेश अवतारमा देख्न सक्नुहुन्छ । फिल्मको कहानी पहिले नै ट्रेलरमा बताइसकिएको छ तर त्यसको छायांकनको तरिका कबिरले भिन्न तरिकाले पेश गर्ने कोशिश गरेका छन् जसमा धेरैजसो तपाईंले भावुक पल नै पाउनुहुनेछ ।
फिल्मको इन्टरभलपूर्व र पछिको कहानी भिन्न–भिन्न दिशामा जान्छन् जहाँ एकफर्त सलमानको सोच इन्टरभलपूर्व सानो बच्चा जस्तो हुन्छ जसका कारण नै उनलाई ट्युबलाईट भनिन्छ भने कहानीको दोस्रो भागमा उनको सोचमा परिवर्तन आउँछ । फिल्ममा सलमान खानले निकै राम्रो काम गरेका छन् भने दिवंगत अभिनेता ओम पुरीको काम पनि तारिफयोग्य छ । बाल कलाकार मतिन रे तंगूले पनि निकै राम्रो काम गरेका छन् जसले तपाईंलाई बेलाबेलामा हँसाउने गर्दछन् । सोहेल खान र चीनियाँ अभिनेत्री जूजूले पनि सहज अभिनय गरेका छन् । शाहरुख खानको सानो तर महत्वपूर्ण भूमिका रहेको छ ।
फिल्मको संगीत रिलिजपूर्व नै निकै रुचाइएको छ । विशेषगरी रेडियो र तिनका–तिनका बोलको गीत निकै चर्चित भयो । फिल्मको निर्देशन सिनेमेटोग्राफी स्थान निकै उत्कृष्ट छ । फिल्म ६० को दशकमा आधारित छ ।
कमजोर पक्षः
फिल्मको कमजोर पक्ष यसको कहानी हो जो हलिउड फिल्मबाट प्रभावित छ । जसले उक्त फिल्म हेरेका छन् उनीहरुलाई फिल्मले कम आकर्षित गर्नेछ । फिल्मको स्क्रिन प्ले पनि निकै बिग्रिएको देखिन्छ जसलाई यदि राम्रो तरिकाले पेश गरिएको भए कहानीको स्तर बढ्ने सम्भावना हुन्थ्यो । फिल्मको सोच राम्रो छ तर त्यसलाई पूर्ण तरिकाले दर्साउन निर्माता असक्षम देखिन्छन् ।
फिल्म निकै भावुक छ तर थुप्रै पटक यस्ता दृश्य आउँछन् जसमा भावुक दृश्य त हुन्छन् नै तर दर्शकको रुपमा भावुक महसुस हुँदैन जसमा काम गर्न निकै आवश्यक थियो । फिल्मको क्लाइमेक्स अनुमानित छ जसलाई रोचक बनाइए हेर्दा भिन्न मजा आउँथ्यो ।
बक्स अफिसः
सलमान खान र इदको कम्बो प्याक निकै चर्चित हुने गरेको छ जसका कारण फिल्मले राम्रो ओपनिङ सधैं पाउने गर्दछ । जहाँ एकतर्फ सलमान खानको फिल्म दबंग र बडिगार्डले सय करोड क्लबमा प्रवेश गरेको थियो भने एक था टाइगर, किक र सुल्तानजस्ता फिल्मले २ सय करोडको आँकडा पार गरेको थियो भने बजरंगी भाइजानले ३ सय करोडको आँकडा पनि पार गरेको थियो । ट्रेन्ड एनालिष्टका अनुसार ट्युबलाईटको पहिलो दिनको कमाई २५ देखि ३० करोड हुनेछ । एजेन्सी