चुनावी असर : पत्रकार महासंघको महाधिवेशन सर्यो
काठमाडौं, असार ८ : नेपाल पत्रकार महासंघको असार २२ र २३ मा काठमाडौंमा हुने भनिएको २३ अौं महाधिवेशन सरेको छ । महासंघ अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा बसेको महासंघ सचिवालको बैठकले भदौं ४ र ५ मा तोकिएकै स्थानमा गर्ने निर्णय गरेको छ ।
महासंघले विज्ञप्ती जारी गर्दै निर्णयबारे जानकारी गराएको छ । सरकारले दोस्रो चरणको चुनाव सारेर असार १४ गर्ने भएकाले महासंघ सभासद रहेका सञ्चारकर्मीहरुसमेत रिपोर्टिङ्मा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशन मिति सारिएको महासंघले जनाएको छ ।